• २०८१ बैशाख ६ बिहीबार

मेसी बिना बन्यो कोपा टिम, को को परे ? 

kharibot

काठमाडौँ । यस बर्षको कोपा अमेरिकाको उपाधि आयोजक ब्राजिलले जितेको छ । ब्राजिलमा आयोजना भएको यस पटकको कोपा विवादस्पद भने हुन् सकेन ।

अर्जेन्टिनाका फुटबलर लियोनेल मेसीले सार्वजनिक रुपमा नै कोपामा खेलिएका मैदान राम्रो नभएको, रेफ्रीले गलत निर्णय दिएको र यस पटकको कोपा ब्राजिललाई जिताउने मिलोमतो भएको गम्भीर आरोप लगाए । तेस्रो भएको अर्जेन्टिनाका लागि मेसीले केवल एक गोल गरे ।

यसैबीच मेसी यस पटकको कोपा टिममा नपर्दा सबै अचम्मित बनेका छन् । कोपा सम्पन्न भएपछि छानिएका ११ खेलाडीमा ब्राजिलका ७ जना खेलाडी परेका छन् । जसमा गोलकिपर एलिसन, डानी आल्भेज, मार्क्युनोज, फिलिप कोटिन्हो, अर्थर, गाब्रियल जिसस र एभर्टन परेका छन् ।

त्यस्तै पेरुका दुई जना खेलाडी कोपा टिममा परेका छन् । जसमा मिग्युल ट्राउको र एडिसन फ्लोरेज रहेका छन् । त्यस्तै चिलीका चार्लेज अरान्गूएज र उरुग्वेका जोस गिमेनेज कोपा टिमको ११ खेलाडी भित्र पर्न सफल भएका छन् ।

यस टिममा अर्जेन्टिनाका कुनै खेलाडी परेका छैनन् भने उरुग्वे का लुइस स्वरेज समेत परेका छैनन् ।

सन् २००७ पछि पहिलो पटक कोपा जितेको ब्राजिलले उपाधि जित्दा पेरु दोस्रो र अर्जेन्टिना तेस्रो भयो । त्यस्तै अघिल्लो पटकको च्याम्पियन चिली भने चौथो स्थान हासिल गरेको छ ।                                    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै