• २०८१ बैशाख ८ शनिबार

मुख्यमन्त्री पौडेल स्वदेश फिर्ता

kharibot

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल चीनको गान्चु प्रान्तको भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् ।

मुख्यमन्त्री पौडेल गान्चु प्रान्तका गभर्नर ताङ रेजिन्यनको निमन्त्रणामा असार १७ गते त्यसतर्फ प्रस्थान गरेका थिए । 

मुख्यमन्त्री पौडेलको नेतृत्वमा सात सदस्यीय टोली चीनको लान झाउ शहरमा आयोजित विषेश कार्यक्रममा सहभागी भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

उनले त्यहाँ रहदा गान्चु प्रान्तका गभर्नर, उद्योगपति, व्यापारीलगायतसँग भेटवार्ता गरेका थिए । 

मुख्यमन्त्रीको साथमा उनकी धर्मपत्नी विजया पौडेल, प्रदेशसभामा नेपाली काङ्ग्रेस संसदीय दलका मुख्य सचेतक राधा घले, नेकपाका प्रदेशसभा सदस्य जुनेली श्रेष्ठ, कञ्चन खनाल, मुख्यमन्त्री कार्यालयका उप–सचिव भोला दाहाल, मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेललगायत रहेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै