• २०८१ बैशाख ४ मंगलबार

गोपाल खड्कालाई मन्त्रालयमा तानियो, निर्वाचन आयोगले दियो सहमति

kharibot

काठमाडौँ ।  निर्वाचन आयोगले नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई आपूर्ति मन्त्रालयमा झिकाई काममा लगाउन सहमति प्रदान गरेको छ । 

आपूर्ति मन्त्रालयले कार्यकारी निर्देशक खड्कालाई मन्त्रालयमा झिकाई काममा लगाउन आयोगसंग सहमति माग गरेको थियो । 

सरकारले कार्यकारी पदमुक्त गरेकोमा सर्वाेच्च अदालतले निर्देशक खड्कालाई पुनर्बहाली गर्ने आदेश दिएको थियो । सर्वाेच्चको आदेशपछि काममा फर्कनुभएका खड्कालाई मन्त्रालयमा काममा लगाउन आपूर्ति मन्त्रालयले आयोगको सहमति माग गरेको हो । 

मन्त्रालयको मागअनुसार आयोगको आचारसंहितासँग सम्बन्धित आजको बैठकले मन्त्रालयलाई उक्त कार्यकालागि सहमति प्रदान गर्ने निर्णय गरेको हो । 

मन्त्रालयले कार्यकारी निर्देशक खड्कालाई तोकिएको कार्य शर्तअनुसार कार्य सम्पन्न गरी प्रतिवेदन पेश गर्ने कार्यका लागि मन्त्रालयमा झिकाउन लागेको आयोगलाई जानकारी गराएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै