• २०८१ बैशाख ७ शुक्रबार

यू-१९ इस्टर्न रिजनको फाइनलमा नेपाल र हङकङ खेल्दै

kharibot

काठमाडौँ । एशियन क्रिकेट काउन्सिल (एसीसी) यू-१९ को इस्टर्न रिजन २०१९ प्रतियोगिता अन्तर्गत आज नेपाल र हङकङ फाइनलमा खेल्दै छन् ।

आज हुने फाइनल खेल नेपाली समय ७:४५ बजे बिहान किनरारा ओभल मैदानमा हुदै छ । 

समुह चरणमा नेपालले चिन र सिंगापुरलाई सहजै पराजित गर्दै समुह ‘ए’ को विजेताको रुपमा सेमीफाइनलमा स्थान बनाएको थियो भने सेमिफाइनलमा आयोजक मलेसियालाई सजिलै पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।

त्यस्तै हङकङले समुह चरणक खेलमा मलेसिया, थाइल्याण्ड र भुटान तिनै टिमलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलमा सिंगापुरलाई पराजित गर्दै हङकङ फाइनलमा पुगेको हो ।

प्रतियोगिताको विजेताले श्रीलंकामा हुने यू-१९ एसिया कपमा सहभागिता जनाउनेछ । यस प्रतियोगिताको विजेतासँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान, यूएई र कुवेतले प्रतियोगितामा सहभागिता जनाउने पक्का भइसकेको छ । प्रतियोगिता २८ अगस्टदेखि ८ सेप्टेम्बरसम्म संचालन हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै