• २०८१ बैशाख ८ शनिबार

हङकङविरुद्ध सागर ढकालको घातक बलिङ, लिए ५ विकेट

kharibot

काठमाडौँ । एशियन क्रिकेट काउन्सिल (एसीसी) यू-१९ को इस्टर्न रिजन २०१९ प्रतियोगिता अन्तर्गत आज नेपाल र हङकङ फाइनलमा खेल्दै छन् ।

फाइनल खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ । यस क्रममा टस जितेर पहिला बलिङ रिजेको नेपालले अहिलेसम्म ६ विकेट लिइसकेको छ । जसमा नेपालका स्पिनर सागर ढकालले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएका छन् ।

सागरले हङकङका शिर्ष तहको ब्याटिंग लाइन अपलाई ध्वस्त बनाउदै नेपाललाई राम्रो सुरुवात दिएका छन् । उनले अहिलेसम्म ८ ओभर बलिङ गर्दै ४ मेडनसहित ८ रन दिएर ५ विकेट लिएका छन् ।

यो समाचार तयार गरुन्जेल हङकङले २५ ओभरमा ६ विकेट गुमाएर ४९ रन बनाएको छ । नेपालका लागि अर्को एक विकेट तिलकराज भण्डारीले लिएका छन् ।                           
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै