• २०८१ बैशाख ७ शुक्रबार

कुमार पौडेलको मृत्यु दोहोरो भिडन्तमा भयो : गृहमन्त्री थापा  

kharibot

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले सर्लाही घटनाको बारेमा सार्वजनिक महत्वको वक्तव्य दिएका छन् ।

यहि असार १५ गते पूर्वपश्चिम राजमार्गको सर्लाही जिल्लाको बाँके चोकमा विरोध प्रदर्शनमा प्रहरीको गोलीबाट मृत्यु भएका ईश्वरपुर नगरपालिका वडा नं १३ का २६ वर्षीय सरोज नारायण सिंहलाई सर्लाही र महोत्तरीको सीमामा रहेको बाँके नदीमा बालुवा गिट्टी निकाल्न खनेको खाल्डोमा डुबेर स्थानीय बालक १२ वर्षीय अमृत रायको मृत्यु भएको थियो ।

गृहमन्त्री थापाले सर्लाही घटनाको छानबिन गर्न समिति गठन गरिएको बताउदै शवको पोस्टमार्टम गर्न स्थानीयले नदिएको, प्रहरीमाथि ढुंगामुडा गरेको जानकारी संसदलाई दिएका छन् ।

गृहमन्त्रीले हवाईफायर गर्दा गोली लागेको भन्दै सरकारले दुवै मृतकका परिवारलाई गाउँपालिकामार्फत   किरिया खर्च २५-२५ हजार दिईएको, बाँके नदीमा डुबेर मृत्यु भएका बालकको परिवारलाई ५ लाख रुपैयाँ राहत दिईएको जानकारी समेत दिए ।

साथै गृहमन्त्री थापाले विप्लव नेता कुमार पौडेलको दोहोरो भिडन्तमा मृत्यु भएको जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै