• २०८१ बैशाख १४ शुक्रबार

नेपाल बन्यो यू-१९ को इस्टर्न रिजनको च्याम्पियन

kharibot

काठमाडौँ । एशियन क्रिकेट काउन्सिल (एसीसी) यू-१९ को इस्टर्न रिजन २०१९ प्रतियोगिता अन्तर्गत नेपालले हङकङलाई पराजित गर्दै उपाधि जितेको छ ।

हङकङले दिएको ९६ रनको लक्ष्य पछाएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

नेपालका लागि पवन सराफले सर्वाधिक ३९ रन बनाएका थिए । त्यस्तै रीत गौतम १३ रन बनाएर आउट भए भने खड्क बहादुर बोहोरा ८ रन बनाएर आउट भए ।

त्यस्तै कप्तान रोहित कुमार पौडेल १२ रन बनाए भने भीम सार्कीले ८ रन बनाए ।

हङकङका बलर रौनक कपुरले २ विकेट लिए भने मोहमद हसन, मोहमद हसन खानले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको हङकङले ४३.१ ओभरमा अल आउट हुदै ९५ रन बनाएको थियो ।

हङकङलाई सस्तैमा रोक्न नेपाली स्पिनर सागर ढकालले घातक बलिङ गरेका थिए । सागरले १० ओभरमा ५ मेडनसहित १८ रन दिएर ५ विकेट लिएका थिए । सागरले आफ्नो अन्तिम ओभरमा १० रन दिएका थिए ।  

त्यस्तै कमलसिंह ऐरीले ३ विकेट लिए भने तिलकराम भण्डारीले एक विकेट लिएका थिए । त्यस्तै कुशल मल्लले पनि उत्कृष्ट बलिङ गरेका थिए । कुशलले ८.१ ओभर बलिङ गर्दै ५ मेडनसहित केबल ४ रन दिएर एक विकेट लिएका थिए ।

हङकङका लागि अदित गोस्वामीले सर्वाधिक २४ रन बनाएका थिए भने कलहन मार्क चल्लुले १९ रन बनाएका थिए । त्यस्तै रौनक कपुर १२ रन बनाएर आउट भएका थिए । हङकङका तीन शिर्ष ब्याट्सम्यान शुन्य रनमा आउट भएका थिए ।

यस प्रतियोगितालाई जितेर नेपाल श्रीलंकामा हुने यू-१९ एसिया कपमा सहभागिता जनाउने भएको छ ।

यस प्रतियोगिताको विजेतासँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान, यूएई र कुवेतले प्रतियोगितामा सहभागिता जनाउने पक्का भइसकेको छ । 

प्रतियोगिता २८ अगस्टदेखि ८ सेप्टेम्बरसम्म संचालन हुनेछ ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै