• २०८१ बैशाख ६ बिहीबार

एक्सनले भरिपूर्ण ‘एकलव्य’ ट्रेलर सार्वजनिक 

kharibot

काठमाडौँ । आगामी साउन १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘एकलव्य’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।

एक्सनले भरिपूर्ण रहेको ट्रेलरमा गुण्डागर्दी, अपहरण, हत्या, भ्रष्टाचारजस्ता अहिलेका जल्दाबल्दा समस्या प्रस्तुत गरिएको छ । प्रेम र रोमान्सलाई पनि विशेष स्थान दिइएको छ ।

अनमोल शर्मा निर्देशित ‘एकलव्य’ समसामयिक बिषयमा निर्माण गरिएको सामाजिक प्रेम कथामा आधारित फिल्म हो । दर्जनभन्दा बढी पिल्ममा मुख्य सहायक निर्देशक भएर काम गरिसकेका शर्माको यो डेब्यु निर्देशन हो । फिल्ममा अभिनेता द्वय  सोनाम थापा मगर र पुष्कर राउतको एक्सन शसक्त रहेको निर्माण टिमले बताएको छ । 

यो फिल्ममा सोनम थापामगर, पुष्कर राउत, ओसिन भट्टराई, महिला सिलवाल, शुशिल पोखरेल, सुष्मा कार्की, राजेन्द्र दुलाल, बिराग लोगुनसहितको अभिनय रहेको छ । 'एकलव्य' लाई राजेन्द्र दुलाल, सोनाम थापामगर र अभी थापामगरले निर्माण गरेका हुन् । कृष्ण श्रेष्ठको छायांकन रहेको फिल्ममा अर्जुन जिसीको सम्पादन छ । 

कविराज गहतराज र रामजी लामिछोनेको कोरियोग्राफी रहेको फिल्ममा भोजराज देवकोटाको पटकथा तथा संवाद छ । फिल्मका गीतमा राजेन्द्र बजगाईंले संगीत भरेका छन् । गएको दुई साताअघि यो फिल्मको ‘पूर्वै चल्नेया रेल...’ गीत रिलिज गरिएको थियो । रामचन्द्र काफ्ले र जुनु रिजालको स्वरमा रहेको लोक शैलीको गीतलाई दर्शकले निकै रुचाएका छन् ।

‘एकलव्य’ को अफिसियल ट्रेलर:

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै