‘म यस्तो गीत गाउँछु २’ मा पूजा र पलको जोडी

खरीबोट

काठमाडौँ । सुपरहिट फिल्म ‘म यस्तो गीत गाउँछु’ को सिक्वेलमा अभिनेत्री पूजा शर्मा र अभिनेता पल शाहको जोडी बाँधिएको छ । लभस्टोरी फिल्म बनाउने निर्देशकको पहिचान बनाएका सुदर्शन थापाकै निर्देशनमा मंगलबार बिहान फिल्मको मनकामना मन्दिरमा शुभ मुहूर्त गरिएको छ ।

मुहूर्त समारोहमा निर्देशक थापा, अभिनेत्री शर्मा र अभिनेता पल उपस्थिति थिए । दशैंपछि फिल्मको छायांकन सुरु हुने बताइएको छ । यो फिल्मको गीतमा संगीत भर्ने जिम्मा अर्जुन पोखरेलको काँधमा छ । 'प्रेमगीत' पछि सुदर्शनको हरेक फिल्ममा अर्जुनले संगीत भर्दै आएका छन् । 

फिल्मलाई सौरभ लामाले खिच्नेछन् । पूजा र पलबाहेक फिल्ममा अरु कलाकार फाइनल नभएको निर्देशक सुदर्शन थापाले जानकारी दिए । उनले ‘म यस्तो गीत गाउँछु २’ को घोषणा गएको दुई वर्ष अगाडि आफ्नो जन्मदिनमा गरेका थिए । त्यसबेला फिल्ममा पल र पूजासँगै सलोन बस्नेतको पनि अभिनय रहने बताइएको थियो । तर, फिल्मको मुहूर्त समारोहमा सलोन देखिएनन् । सुदर्शन थापा प्रोडक्सनको ब्यानरमा यो फिल्म बन्नेछ । 

निर्देशक सुदर्शन थापाले ‘म यस्तो गीत गाउँछु’ को सिक्वेल नयाँ कथामा बन्ने बताएका छन् । फिल्म लभस्टोरी कथामा निर्माण हुनेछ । आउँदो फागुन २३ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छ । यो फिल्मको अघिल्लो श्रृंखलाको गीतसंगीत निकै चर्चित भएका थिए । 

सम्बन्धित समाचार

कालीको ‘माझी’ टुबोर्ग ओपन सेसन्स-२ पहिलो संस्करणमा

काठमाडौँ । गायक, गीतकार तथा कम्पोजर काली प्रसाद बाँसकोटाको लोकप्रिय गीत ‘माझी’ को प्रत्यक्ष प्रस्तुति टुबोर्ग ओपन सेसन्स् सिजन २ मा सार्वजनिक भएको छ । टुबोर्ग र च्यानल आरबिट्ररीद्वारा सञ्चालन हुने

सोनिकासँगको भिडियोपछि पूर्वयुवराज पारस फेरी विवादमा

काठमाडौं । पूर्वयुवराज पारस अहिले फेरी निजी कारणले चर्चामा रहेका छन् ।  पत्नी हिमानीसँग राम्रो सम्बन्ध नरहेका पारस र युट्युबर सोनीका रोकायाको सम्बन्ध अहिले सामाजिक संजालमा चर्चाको विषय बनेको छ । हालै

निश्चल-स्वस्तिमाको अनस्क्रिन रोमान्स, यस्तो छ ‘घामड शेरे’ को ट्रेलर

काठमाडौँ ।  रियल लाइफ जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्काले पहिलो पटक अनस्क्रिन रोमान्स गरेको फिल्म ‘घामड शेरे’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । कात्तिक ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन

फिल्म रिलिका लागि दशैँ मोह : अर्को दशैमा मह जोडीको नयाँ फिल्म 

काठमाडौँ । फिल्म रिलिजका लागि दशैंको विदा उपयुक्त मानिन्छ । अर्को बर्षको दशैँको लागि अहिले देखिने फिल्म घोषणा भइरहेका छन् ।  अहिलेसम्म अर्को दशैँको लागि भुवन केसीको ‘एन्टी हिरो’, अशोक शर्माको


z