स्थानीय पाठ्यक्रम बनाउँदै कर्णाली सरकार

खरीबोट

सुर्खेत । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कर्णालीमैत्री पाठ्यक्रम निर्माण गर्ने भएको छ ।

आर्थिक वर्ष २०७६÷७७ मा स्थानीय पाठ्यक्रम निर्माणका लागि मन्त्रालयले रु ५० लाख बजेट विनियोजन गरेको छ ।

सरकारले कर्णालीका विद्यार्थीले रैथाने भाषा, कला–संस्कृति प्राकृतिक र ऐतिहासिक सम्पदाका बारेमा ज्ञान हासिल गरुन् भन्ने उद्देश्यले स्थानीय पाठ्यक्रम निर्माणमा जोड दिएको हो ।

सामाजिक विकासमन्त्री दल रावलले पाठ्यक्रम निर्माण गरिँदा आफ्नो भूगोल, समुदाय र संस्कृतिलाई प्राथमिकतामा राखिने बताए ।

उनले खस भाषाको जननी कर्णालीमै उक्त भाषा लोप हुन थालेकाले पाठ्यक्रम निर्माण गर्ने योजना अघि सारेको बताए ।

सम्बन्धित समाचार

कर्णाली प्रदेश सरकारको ‘विनियोजन विधेयक’ पारित

सुर्खेत । एक महीनादेखि छलफलका क्रममा रहेको कर्णाली प्रदेश सरकारको ‘विनियोजन विधेयक २०७६’ सर्वसम्मतले पारित भएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसद्मा उठेका विषयमाथि जवाफ दिएपछि विधेयक पारित

कर्णाली प्रदेशको विनियोजन विधेयकमाथि १ महिनादेखि छलफल जारी

सुर्खेत । कर्णाली प्रदेश सरकारले असार १ गते ल्याएको ‘विनियोजन विधेयक २०७६’ माथिको छलफल एक महीनादेखि जारी छ । प्रदेश सरकारको आव २०७६÷७७ को रु ३४ अर्ब ३५ करोड विधेयकमाथि

कर्णालीको कटानको जोखिममा तोलीगाउँ

कैलाली । कैलालीको टीकापुर नगरपालिका–८ श्रीलङ्कास्थित तोलीगाउँमा कर्णाली नदीले जमीन कटान शुरु गरेको छ । पहाडी क्षेत्रमा भइरहेको वर्षाका कारण कर्णाली नदीमा पानीको सतह बढेपछि नदी कटान तीव्र भएको स्थानीयवासी

कर्णाली प्रदेश डिभिजन वन कार्यालय प्रमुख घुससहित पक्राउ 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्णाली प्रदेश डिभिजन वन कार्यालय, सुर्खेतका प्रमुख (उप-सचिव प्राविधिक) लाई घुससहित पक्राउ गरेको छ । कार्यलय प्रमुख भक्त बहादुर लामाले छुट पुर्जाको म्याद थप गराइ


z