• २०८१ बैशाख ८ शनिबार

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित

kharibot

काठमाडौँ । १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीको अवरोधका कारण १५ मिनेटलाई स्थगित भएको बैठक बुधबार १ बजेसम्मका लागि स्थगित भएको हो ।

प्रतिनिधिसभाको आजको पहिलो बैठकमा सर्लाहीका विप्लव नेतृत्वको नेकपाका नेता कुमार पौडेल र यहि असार १५ गते पूर्वपश्चिम राजमार्गको सर्लाही जिल्लाको बाँके चोकमा विरोध प्रदर्शनमा प्रहरीको गोलीबाट मृत्यु भएका ईश्वरपुर नगरपालिका वडा नं १३ का २६ वर्षीय सरोज नारायण सिंहलाई सर्लाही र महोत्तरीको सीमामा रहेको बाँके नदीमा बालुवा गिट्टी निकाल्न खनेको खाल्डोमा डुबेर स्थानीय बालक १२ वर्षीय अमृत रायको मृत्यु भएको विषयमा गृहमन्त्री रामबहादुर थापाले सार्वजनिक महत्वको वक्तव्य दिएका थिए ।

वक्तव्यपछि थापाको जवाफ चित्त नबुझेको भन्दै काँग्रेस र राजपाले संसदीय छानबिन समितिको माग राख्दै रोष्टम घेरेर संसद अवरोध गरेका थिए ।  

संसदीय छानबिन समिति गठन गरेर पन्ध्र मिनेटका लागि स्थगित भएको बैठक सुचारु गराउन सभामुख कृष्णबहादुर महराले पहल गरेका थिए । तर सत्तारूढ दलहरूले छानबिन समितिको मागबारे कुरा नगर्ने बताएपछि बैठक सूचना टाँसेर स्थगित भएको हो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै