• २०८१ बैशाख ४ मंगलबार

त्रिविका सहायक डिन पटेलविरुद्ध मुद्धा दायर

kharibot

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालय कीर्तिपुरका सहायक डिन प्रा.डा.शम्भुप्रसाद पटेलविरुद्ध अख्तियारले मुद्दा दायर भएको छ । 

सेवाग्राहीको कलेज संचालन अनुमति रद्द हुन सक्छ भन्दै डर देखाएर घुसलिने पटेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो । 

अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार पटेल ५० हजार घुससहित पक्राउ परेका थिए । पटेलमाथि अनुसन्धान गर्दा रकम लिएको खुलेको अख्तियारको दाबी छ । 

अख्तियारले उनीविरुद्ध  भ्रष्टाचार निवारण ऐन,  बमोजिम  सजायको  मागदाबी गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै