• २०८१ बैशाख १४ शुक्रबार

वैदेशिक रोजगारीमा अशिक्षितलाई झन् पीडा, ‘मौखिक सम्झौता एउटा लिखित सम्झौता अर्के’ 

kharibot

सोमन शाह रौनियर

काठमाडौं । बाध्यता र अव्यवस्थित रोजगारीको उपमा पाएको वैदेशिक रोजगारीमा समस्याहरु प्रशस्त रहेको पाईन्छ । धेरै जसो वैदेशिक रोजगारमा युवाहरुलाई विदेश पठाउने नाममा खोलिएका संस्था तथा म्यानपावरले कानुन विपरितका कामहरु गरिरहेको पाउन सकिन्छ ।

यही क्रममा अशिक्षित युवाको फाइदा उठाँउदै निश्चित रकम लिएर वैदेशिक रोजगारमा पठाईएको छ । सर्लाही ब्रम्हापुरी –३ का सोमन शाह रौनियरलाई अशिक्षित भएकै कारण गलत नियत राखी वैदेशिक रोजगारीको क्रममा साउदी अरब पठाइएको पाइएको छ । उनलाई कसमस नेपाल ह्युमन रिर्सोसले अशिक्षित भएकै कारण मौखिक सम्झौता एउटा, लिखित सम्झौता अर्को गरी साउदी अरब पठाएको छ । रौनियारलाई रिर्सोसले सेल्सम्यानका लागि भनेर मौखिक रुपमा भने पनि सम्झौता पत्रमा कृषि फार्ममा काम गर्ने मजदुरको सम्झौता गरेको पाइएको छ । 

रौनियारलाई स्वदेश मै भएको बेलामा र साउदी पुगेपछि पनि म्यानपावरले सो कुराको विषयमा जानकारी नदिएको उनको भनाई छ । जब साउदीस्थित दमाम विमानस्थलमा उत्रिएर सिधै कृषि फर्ममा लगेपछि मात्र सो कुराको जानकारी भएको उनले बताए । 
अशिक्षित भएकै कारण आफूलाई फसाएको उनले बताए । 

उनले कृषि फार्ममा काम गर्नु परेपछि रिर्सोसलाई सम्पर्क गरी गुनासो गर्दा उल्टै हप्काएको बताए । रिर्सोसले जे काम पाएको छ सोहि काम गरेर बस भनि हप्काएको थियो , उनले भने । 

मौखिक सम्झौता अनुरुप रौनियारलाई सेल्सम्यानको काम गरे बापत् मासिक १२ सय रियल पाउने भनिएको थियो । मासिक तलब १ हजार रियाल भत्ता २ सय रियल गरी कुल १२ सय रियल पाउनुहुन्छ भनि रिर्सोसले भनेको थियो तर भयो अर्को, उनले भने । 

रौैनियारले साउदी पुगे पछि मुबारक फेज नामक कम्पनीमा रहेर कृषि फार्ममा काम गरेको बताए । कृषि फार्ममा तरकारी बाली रोप्ने देखि लिएर फल लागे पछि टिप्ने तथा बाख्रा, उँट चराउने काम गर्नु पथ्र्यो , उनले भने ।

कृषि फार्ममा काम गर्दा ६ महिना समेत रकम नपाएको रौनियारले बताए । ६ महिनासम्म कहिले १० रियाल कहिले १५ रियल दिने गथ्र्यो ६ महिना पछि १५ सय रियल कम्पनीले दियो, उनले भने । 

कम्पनीले दिएको रकमबाटै खानबस्नु पर्ने हुदाँ समस्या भएको उनले बताए । यस्तै उनले आफूसँगै काम गर्ने नेपालीहरु ७ जना रहेको बताए । हामी ७ जना थियौं त्यसमध्ये ४ जना भागे २ जना भने अझै पनि सोहि स्थानमा काम गरेर बसेका छन्, उनले भने  म फर्किए रुपन्देहीका इस्लाम खान र हेटौडाका रमेश दर्जी सोहि ठाँउमा छन् ।

रौनियारले काम छाडेर स्वदेश फर्किन्छु भनि भन्दा कम्पनीले दुई वर्षको श्रम सम्झौता भएको भन्दै फर्किन नदिएको बताए । दुईवर्षको सम्झौता भएको छ कागजात हामीसँग छ बाहिर गयो भने प्रहरीले पक्राउ गर्छ भनि कम्पनीले डर देखाउने गथ्र्यो , उनले भने ।

दुईवर्ष बितेपनि कम्पनीले काम गरे बापत् सम्पूर्ण रकम नदिनुको साथै जबरजस्ती थप समयका लागि सम्झौता गर्न लगाएको उनले बताए ।

डर त्रास कै कारण उनी करिब ४० महिना साउदी बस्नु परेको गुनासो गरे उनले । ४० महिना काम गरेर बसे तर सम्झौता अनुसारको पैसा पाइन्, उनले भने ।

२८ महिनामा २८ हजार रियल पाएको बताँउदै उनले भने,४० महिना काम गरे वापत् ४८ हजार रियल पाउनु पर्ने थियो २८ हजार रियल मात्र पाँए ।

१ लाख ३० हजार रुपैयाँ रिर्सोसलाई बुझाएर २०१५ असारमा उनी साउदी उडेका थिए । भने जस्तो काम र समयमा पैसा नपाँउदा उनलाई ऋण तिर्न समस्या भएको बताए । उनी २०१९ जनवरीमा नेपाल फर्किएका हुन् । 

नेपाल फर्किए लगत्तै उनी उजुरीको लागि वदैशिक रोजगार विभाग गएका छन् । विभागले रिर्सोस र रौनियारलाई समस्या सुल्झाउनको लागि एक हप्ताको समय दिएको छ । हाल भने उनी नेपाल प्रवासी समन्वय समितिमा आश्रय लिईरहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै