• २०८१ बैशाख १३ बिहीबार

आर्थिक अभावले उपचार गराउन नसकेका सुवेदीलाई सयोगको अपिल

kharibot

काठमाडौं । आर्थिक अभावका कारण उपचार गराउन नसकेका विरामी दिपक प्रसाद सुवेदीलाई केहि आर्थिक सहयोग जुटेको छ ।

आर्थिक अभावको कारण १२ वर्षसम्म उपचार गराउन नसकेका सुवेदीलाई सामाजिक काम गर्दै आइरहेको संस्था सोड नेपाल, ओम साईबाबा हस्पिटल तथा आफन्त शुभचिन्तकले विशेष अभियान मार्फत् रकम संकलन गर्न सफल भएका हुन् ।

उपचारका लागि भन्दै उनलाई २ लाख रुपैयाँ सोड नेपालका महासचिब तथा ओम साइबाबा मेमोरियल हस्पिटलका संचालक दयाराम कार्कीले प्रदान गरे । 

उक्त रकम सोड नेपाल तथा अध्यक्ष ज्ञान प्रसाद श्रेष्ठ र संस्थाका पदाधिकारीहरु अर्जुन पौडेल अर्जुन भट्ट विनोद पाण्डे तथा मिश्री श्रेष्ठका तर्फबाट करिब ३८ हजार रुपैयाँ बिरामीको खातामा जम्मा भएको कार्कीले बताए ।

रकम अभावका कारण लामो समय उपचार हुन नसकेको भन्दै कार्काीले सुवेदीको उपचारको लागि विशेष अभियान नै सञ्चालन गरी रकम संकलनमा लागेका छन् ।

कार्कीले विभिन्न संघ–संस्था तथा व्यक्तिसँग रकमका लागि अपिल समेत गरेका छन् ।

भारतमा मजदुरी गर्ने क्रममा उनलाई करेन्ट लाग्दा घाईते हुन पुगेको थिए । उनले खुट्टा गुमाउनुका साथै टाउकोमा समेत रोग देखापरेको छ । आर्थिक अभावको कारण विगत १२ वर्षदेखि सुवेदीको परिवारजनले उपचार गराउन सकेका थिएनन् ।

सुवेदीको उपचारको लागि सुवेदी परिवारले विभिन्न संघ संस्था व्यक्तिसँग पहल गरे पनि रकम जुट्न भने सकेको छैन । हाल सुवेदी नियमति चेक जाँचका लागि काठमाडौं राधाकृष्ण मन्दिर नजिक बस्दै आएका छन् । 

कमजोर आर्थिक अवस्थाका सुवेदीको परिवारले समयमै उपचार गराउन नसक्दा टाउकोमा संक्रमण फैलदाँ उपचारमा समस्या तथा बढी रकम लाग्ने देखिएको परिवारको भनाई छ ।

सुवेदी धादिङ जिल्ला थाक्रे गाउँपालिका वडा नं ८ महाङ्कालका स्थायी बासिन्दा हुन् । उनको श्रीमती ५ वर्षिया छोरी समेत छिन् । 

सुवेदी घाईते भएसँगै उनको परिवारमा आय–आर्जनको बाटो ठप्प भएको छ जसले गर्दा सुवेदी र उनको परिवार हाल सम्स्यामा परेको छन् ।

घर खर्चको अभावले छोरीको नियमित पढाई समेत विग्रिएको उनको परिवारको भनाई छ । लामो समय उपचार गनुृपर्ने देखिएपछि उनी आत्तिएका छन् भने रकम अभावका कारण उपचार हुन नसक्ने भन्दै उनी चिन्ता व्यक्त गर्दै सुवेदीले सामाजिक संस्था एस ओ डि नेपालको समन्वयमा उपचार सहयोगको लागि अपिल गरेका छन् । 

कसैले सहयोग गर्न चाहेमा सिधा सम्पर्क काठमाडौंमै संघका प्रतिनिधि दयाराम कार्कीसँग मोवाइल नम्बर ९८६९ ५६२२६८ मा सम्पर्क राख्न सक्ने विरामी सुवदीले बताए ।

उनले  आफ्नो उपचारमा सहयोग गरिदिन आग्रह गर्दै श्रीमती र छोरीको भविष्य जोगाइदिन समेत आग्रह गरेका छन् । सुवेदीलाई सहयोग गर्न चाहानु हुने जो कोहि महानुभावले एनसिसी बैंक खात नम्बरः १०१० ००००० ६९१० मा रकम जम्मा गरिदिन परिवारले आग्रह गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै