• २०८१ बैशाख १४ शुक्रबार

बारामा नगरपालिकाका ईन्जिनियरसहित तीन जना घुससहित पक्राउ 

kharibot

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा जिल्लाको पचरौता नगरपालिकाका ईन्जिनियरसहित तीन जनालाई घुससहित पक्राउ गरेको छ ।

अख्तियारले पचरौता नगरपालिकाका इन्जिनियर राम प्रकाश सतरा, नायव सुब्बा बद्रीबहादुर थापा र कार्यालय सहयोगी धुव्र महतोलाई घुससहित पक्राउ गरेको जनाएको छ ।

अख्तियारले इन्जिनियर सतराले पचरौता नगरपालिकास्थित विद्यालयको कम्पाउण्ड वाल निर्माण सम्पन्न भए पश्चात नियमानुसार भुक्तानीका लागि सिफारिस गर्नुपर्नेमा सो नगरी विभिन्न बहाना गरी सेवाग्राहीसँग घुस माग गरेको तथा सोही नगरपालिकाका नायव सुब्बा बद्रीबहादुर थापाले महिला सशक्तीकरणसम्बन्धी अनुशिक्षण तालिम कार्यक्रमको भुक्तानीका लागि सिफारिस गर्नुपर्नेमा सो नगरी विभिन्न बहाना गरी सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने उजुरीको आधारमा अख्तियारको हेटौंडा कार्यालयबाट खटिई गएको टोलीले सतरा र महतोसँग १५ हजार र थापासँग १४ हजार रकमसहित पक्राउ गरेको जानकारी दिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै