• २०८१ बैशाख १४ शुक्रबार

ग्रीजम्यानलाई कारवाही गर्ने तयारीमा एथलेटिको म्याड्रिड

kharibot

काठमाडौँ । फ्रेन्च फुटबलर एन्टोनी ग्रीजम्यानको विषयमा उनको क्लब एथलेटिको म्याड्रिड र बार्सिलोनाबीचको विवाद झन् बढ्ने देखिएको छ ।

क्लबको प्रि-सिजन प्रशिक्षण सोमबारदेखि सुरु भएको भएपनि ग्रीजम्यान क्लबमा उपस्थित नहुदा क्लबले उनी माथि अनुशासनको कारवाहीको तयारी थालेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

जुलाई ४ मा रिलिज क्लज १८० मिलियन पाउण्डबाट १०८ मिलियन पाउण्ड भएपछि बार्सिलोनाले एथलेटिकोसँग ग्रीजम्यानका बारेमा औपचारिक प्रस्ताव अगाडी सारेको छ । तर एथलेटिकोले बार्सिलोनाको प्रस्तावलाई अस्विकार नगरेपनि उसले बार्सिलोनालाई सबै रकम क्यासमा तिर्न भनेको छ । जुन बार्सिलोनाले मानिरहेको छैन ।

ग्रीजम्यानले क्लब छोड्ने घोषणा गरिसकेका हुनाले उनी अहिले अप्ठ्यारो स्थितिमा पुगेको देखिएको छ । अहिलेपनि उनले एथलेटिकोबाट हरेक साता ३ लाख ३५ हजार पाउण्ड पारिश्रमिक पाइरहेकाले एथलेटिकोले उनी माथि अब अनुशासनको कारवाही गर्ने तयारी थालेको बताइएको छ ।

बार्सिलोनासँग सम्झौता अगाडी नबढ्नु र एथलेटिकोमा गएर प्रशिक्षण गर्ने अवस्थामा ग्रीजम्यान अहिले हड्तालमा या आन्दोलनको अवस्थामा रहेको व्यंग्य गर्न थालिएको छ ।

बार्सिलोनाले जुलाई ४ पछि मात्र ग्रीजम्यानका बारेमा कुरा गरेको दाबी गरेको भएपनि एथलेटिकोले बहने गत फेब्रुअरी मै बार्सिलोनाले ग्रीजम्यानसँग अनौपचारिक सहमति गरेको दाबि गर्दै आएको छ ।               

एथलेटिकोले यसअघि नै क्लब छोड्ने घोषणा गरेका ग्रीजम्यानको विषयमा सिजनको बीचमा नै बार्सिलोनाले उनीसँग ट्रान्सफरको कुरा गरेर नियम तोडेको आरोप लगाउदै आएको छ ।

एथलेटिकोले गत मार्चमा च्याम्पियन्स लिगको युभेन्टसविरुद्धको खेल हुनु अघि ग्रीजम्यानले आफु यस सिजनपछि एथलेटिको नबस्ने जानकारी गराएको बताउदै बार्सिलोनाले ग्रीजम्यानसँग गत मध्य फेर्ब्रुअरी देखिनै नेगोसियसन गरेको दाबी गरेको छ । 

केहि दिन अघि विज्ञप्ति नै निकालेर एथलेटिकोले बार्सिलोना र ग्रीजम्यान दुवैले एथलेटिको र उसका फ्यानहरुको अपमान गरेको भन्दै आफुहरुले बार्सिलोनाको प्रस्तावलाई अस्विकार गरेको उल्लेख गरेको छ । 

एथलेटिकोले सिजनको मध्यमा आफुहरु बार्सिलोनाकै विरुद्धमा ला लिगामा लडिरहेका बेला आफ्ना खेलाडीले सोहि क्लबसँग नेगोसियसन गरिरहेको पाइएको भन्दै बार्सिलोना र ग्रीजम्यान दुवैले क्लबको अपमान गरेकोले आफुहरुले बार्सिलोनाको प्रस्ताव अस्विकार गरेको जनाएको छ ।

सन् २०१४-१५ सिजनमा रियल सोसियडाडबाट एथलेटिको आएका ग्रीजम्यानले ५ सिजनमा कुल २५७ खेल खेल्दै १३३ गोल गरेका छन् । उनले एथलेटिकोका लागि एक युरोपा लिग, एक युइएफए सुपर कोपा र एक स्पेनिस सुपर कोपा जिताएका छन् ।


(यस रिपोर्टमा ग्रीजम्यानले एथलेटिकोमा खेलेका खेल र गोल संख्या यस अघि अन्यथा हुन गएकोले सच्याइएको छ- सम्पादक )     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै