• २०८१ बैशाख ८ शनिबार

भारत-न्युजील्याण्डबीचको सेमिफाइनल खेल बर्षाले रोकियो

kharibot

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत पहिलो सेमिफाइनल खेल बर्षाले रोकिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको न्युजील्याण्डले ४६.१ ओभरमा ५  विकेट गुमाउदै २११ रन बनाउदा बर्षा शुरु भएपछि खेल अवरुद्ध भएको हो ।

अहिले दुवै टिमका खेलाडीले मैदान छोडेका छन् भने पिचमा कभर लगाइएको छ ।  

अत्यन्त सुस्त सुरु गरेको न्युजील्याण्डले १० ओभरको पावरप्लेमा एक विकेट गुमाएर केबल २७ रन मात्र बनाएको थियो । १७औ बलमा पहिलो रन जोडेको न्युजील्याण्डलाई कप्तान केन विलियम्सन र हेनरी निकोलस ले सम्हालेका थिए । दुवैले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए । न्युजील्याण्डका लागि दोस्रो ठुलो साझेदारी रोज टेलर र विलियम्सनबीच ६५ रनको भएको थियो ।

न्युजील्याण्डका लागि रोज टेलर ६७ रन बनाएर खेलिरहेका छन् भने उनलाई टम लिथामले ३ रन बनाएर साथ दिइरहेका छन् ।

यस अघि कप्तान केन विलियम्सनले ६७ रन बनाएर आउट भएका थिए । त्यस्तै हेनरी निकोलस २८ रन बनाएर आउट भएका थिए । त्यस्तै जिम्मी निशामले १२ रन बनाए भने कोलिन डि ग्राण्डहोम १६ रन बनाएर आउट भए । यस अघि ओपनर मार्टीन गप्टिल एक रनमा आउट भएका थिए । 

त्यस्तै भारतीय बलरले किफायती बलिङ गरेका छन् । भारतका लागि भुवनेश्वर कुमार, जसप्रित बुमराह, हार्दिक पाण्डेय, रविन्द्र जडेजा र युजवेन्द्र चहलले एक एक विकेट लिएका छन् ।

सेमिफाइनल खेल बर्षाले रोकिएमा दोस्रो दिन रिजर्भ दिनको रुपमा खेललाई फेरी सुरु गर्न सकिने नियम आइसीसीले बनाएको छ । रिजर्भ दिनमा पनि खेल हुन नसकेमा सेमिफाइनलको हकमा लिग चरणमा अगाडी रहेको टिम फाइनलमा पुग्ने छ । फाइनल खेल पनि वर्षाले अवरुद्ध भएर खेल हुन नसकेमा दुवै टिमलाई ट्रफी बाडिने नियम रहेको छ ।

त्यस्तै सेमिफाइनल र फाइनल खेल बराबर भएमा भने सुपर ओभरमा खेलको निर्णय हुने छ ।

अहिलेको अवस्थामा न्युजील्याण्डले थप ब्याटिंग नगरेमा र भारतको खेल्ने अवस्था भएमा डक वर्थ लुइस नियम अनुसार भारतले २० ओभरमा १४८ रनको लक्ष्य पाउने छ भने ४६ ओभरको खेल भएमा २३७ रनको लक्ष्य पाउने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै