• २०८१ बैशाख ८ शनिबार

कर्मचारीको सुविधा कटौतीमा काँग्रेस असहमत

kharibot

काठमाडौँ । नेपाली काँग्रेसले सेवानिवृत्त कर्मचारीलाई दशैँलगायत चाडबाड खर्चका लागि एक महीनाको तलब बराबरको रकम दिँदै आएकामा हाल सो रकम कटौती गर्ने भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । 

काँग्रेस संसदीय दलको कार्यालयले आज विज्ञप्तिमार्फत निवृत्तिभरण लिने राष्ट्रसेवक कर्मचारीलाई दिँदै आएको सुविधा कटौती गर्न काङ्ग्रेस सहमत नभएको जनाएको छ ।

काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले लामो समयसम्म राष्ट्रसेवकका रुपमा राष्ट्रलाई सेवा पुर्याएका कर्मचारीको उक्त खर्च कटौती नगर्न सरकार र सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै