बौद्ध घ्याङ गुठीका चिनियाँ लामालाई बर्खास्त गर्न माग

खरीबोट

काठमाडौँ । बौद्ध घ्याङ गुठीका अध्यक्ष चिनियाँ लामा भूपतिबज्र लामालाई हटाउन माग गर्दै स्थानीयवासीले बौद्ध स्तुप परिसरमा प्रदर्शन गरेका छन् ।

चिनियाँ लामाले विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुपको सम्पदा मास्न खोजेको, सार्वजनिक सम्पत्तिलाई निजीरुपमा प्रयोग गर्न थालेकोलगायत कारणले उनलाई बर्खास्त गर्न माग गरिएको बौद्ध बचाउ अभियानका संयोजक खड्गजीत लामाले जानकारी दिए ।

“भूपतिबज्रले आफू अवतारी रिम्पोछे हुँ भन्दै सबैलाई गुमराहमा राख्नुभएको छ, उहाँ को हो भन्ने हामीलाई राम्रोसँग थाहा छ, उहाँलाई हामी सानैदेखि चिन्छौँ”, संयोजक लामाले भने ।

स्थानीयवासीको विरोधपछि गुठी संस्थानले बौद्ध स्तुप, घ्याङ गुठीलगायत स्थानमा पूजा गर्न परम्परागत ५८ घरे गुठियार परिवारमध्येका पूर्णबहादुर लामालाई जिम्मेवारी दिएको छ । हाल यस क्षेत्रका १०० घर गुठियारका रुपमा रहेको जनाइएको छ ।

भूपतिबज्रलाई बर्खास्त गरी स्थानीयवासीको सल्लाहबमोजिम नयाँ कार्यसमिति गठन गरिनुपर्ने समितिको माग छ ।

सम्बन्धित समाचार

बौद्धनाथ स्तुपाको विवाद अध्ययन गर्न समिति

काठमाडौँ । काठमाडौँको बौद्धस्थित बौद्धनाथ स्तुपा क्षेत्रमा देखिएको विवाद समाधानका लागि सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङको संयोजकत्वमा चार सदस्यीय अध्ययन समिति गठन गरेको छ । गृहमन्त्री

राष्ट्रिय वाणिज्य बैंक बौद्ध शाखाको आयोजनामा शुभकामना आदान प्रदान 

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय बौद्ध शाखाको आयोजनामा नेपालीहरुको महान चाडपर्व विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत् एवं छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम शाखा कार्यालय

कुमारी बैंकको बौद्ध बिहारलाई सहयोग

काठमाडौ । कुमारी बैंक लिमिटेडले धार्मिक, सांस्कृतिक र सामाजिक कार्यमा आफ्नो साथ जनाउनका लागि ललितपुरस्थित बौद्ध बिहार संघसँग एक सहकार्य गरेको छ । उक्त सहकार्य अनुरूप बैंकले बौद्ध बिहार संघका विभिन्न

बौद्धबाट ८३ किलो रक्तचन्दन बरामद

काठमाडौं । बौद्धको रामहिटीबाट प्रहरीले ८३ किलो रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको छ ।  घरमा राखिएको रक्तचन्दनसहित बुधबार राति च्याङ्बा लामा र योन्देन ग्याङ्जु तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत बौद्धका


z