• २०८१ बैशाख ७ शुक्रबार

‘सत्ते पे सत्ता’ मा ऋतिकको जोडी बनिन् दीपिका

kharibot

मुम्बई । बलिउड भिनेता ऋतिक रोशन र अभिनेत्री दीपिका पादुकोणलाई एकै फिल्ममा देख्न पाइने भएको छ । 

हालैमा फिल्म 'छपाक' को छायांकन पूरा गरेकी दीपिकाले अभिनेता ऋतिक रोशनसँग नयाँ फिल्ममा काम गर्ने भएकी हुन् छन् ।

मिडिया रिपोर्टका अनुसार दीपिका र ऋतिकले निर्देशक फराह खानको नयाँ फिल्म ‘सत्ते पे सत्ता’ मा साथमा काम गर्न लागेका हुन् । ऋतिक अहिले आफ्नो नयाँ फिल्म 'सुपर ३०' को प्रमोसनमा व्यस्त रहेका छन् । 

निर्देशक तथा निर्माता रोहित शेट्टीले निर्माण गर्ने फिल्म ‘सत्ते पे सत्ता’ मा ऋतिक रोशन ‘सत्ते पे सत्ता’ का प्रमुख अभिनेता अमिताभ बच्चनको भूमिकामा देखिनेछन् ।

त्यस्तै अभिनेत्री दीपिका भने हेमा मालिकीको भूमिकामा प्रस्तुत हुनेछिन् । हेमाले निभाएको भूमिका दीपिकालाई फिट हुने भएका कारण फराह र रोहितले उनलाई लिने निर्णय लिएका हुन् । 

दीपीका अहिले आफ्ना पति रणवीर सिंहसंगको फिल्म '८३' मा व्यस्त छिन् । फिल्ममा दीपिकाले कपिदेवकी पत्नीको भूमिका निभाउदै छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै