• २०८१ बैशाख १४ शुक्रबार

छविविरुद्ध शिल्पाले दिइन् घरेलु हिंसाको उजुरी 

kharibot

काठमाडौँ । अभिनेत्री शिल्पा पोखरेलले श्रीमान् तथा निर्माता छविराज ओझाविरुद्ध घरेलु हिंसाको उजुरी दिएकी छन् ।

प्रहरीका अनुसार शिल्पाले तीन दिन अगाडि काठमाडौं प्रहरी परिसरमा आफूमाथि श्रीमान् ओझाले घरेलु हिंसा गरेको भन्दै उजुरी दिएकी हुन् ।

दुबैलाई प्रहरीले बुधबार छलफलका लागि बोलाएको भएपनि निर्माता ओझा विरामी परेपछि बिहीबार दिउँसो दुईलाई प्रहरी परिसरमा बोलाइएको छ ।

केही समययता दुईको बैबाहिक जीवनमा दरार उत्पन्न भएको निकट स्रोतले बताएको छ । सम्बन्धमा खटपट हुनुको कारण भने खुल्न सकेको छैन । 

स्रोतका अनुसार, शिल्पाले छविसँग डिभोर्स मागेकी छन् । तर, यस विषयमा बुझ्न खोज्दा छवि र शिल्पा दुबैसँग फोन सम्पर्क हुन सकेन । दुईले गोप्य रुपमा समस्या सुल्ट्याउन चाहेका छन् । गएको तीन वर्ष अगाडि शिल्पा र छविले काठमाडौंको गोकर्ण रिसोर्टमा सुटुक्क लगनगाँठो कसेका थिए । 

अभिनेत्री रेखा थापासँग अलगिएपछि छविले शिल्पासँग विवाह गरेका हुन् । तर, विवाह गरेको लामो समयसम्म दुईले यो कुरा सार्वजनिक गरेका थिएनन् । गत वर्ष अभिनेत्री रेखाले एक स्मारिकमा लेख लेख्दै शिल्पा र छविको विवाह भइसकेको खुलाएकी थिइन् । पछि छविले पनि स्वीकार गरेका थिए ।

एकसेएक सुपरहिट फिल्म दिएका छविले शिल्पालाई फिल्म 'लज्जा' बाट नेपाली फिल्ममा डेब्यू गराएका थिए । त्यसअघि शिल्पा म्यूजिक भिडियोमा व्यस्त थिइन् । डेब्यू फिल्मपछि उनी छविराज प्रोडक्सनको ब्यानरबाट निर्माण हुने कुनै फिल्ममा छुटेकी छैनन् । छवि निर्मित तथा शिल्पा अभिनीत पछिल्लो फिल्म 'मंगलम' हो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै