छविविरुद्ध शिल्पाले दिइन् घरेलु हिंसाको उजुरी 

खरीबोट

काठमाडौँ । अभिनेत्री शिल्पा पोखरेलले श्रीमान् तथा निर्माता छविराज ओझाविरुद्ध घरेलु हिंसाको उजुरी दिएकी छन् ।

प्रहरीका अनुसार शिल्पाले तीन दिन अगाडि काठमाडौं प्रहरी परिसरमा आफूमाथि श्रीमान् ओझाले घरेलु हिंसा गरेको भन्दै उजुरी दिएकी हुन् ।

दुबैलाई प्रहरीले बुधबार छलफलका लागि बोलाएको भएपनि निर्माता ओझा विरामी परेपछि बिहीबार दिउँसो दुईलाई प्रहरी परिसरमा बोलाइएको छ ।

केही समययता दुईको बैबाहिक जीवनमा दरार उत्पन्न भएको निकट स्रोतले बताएको छ । सम्बन्धमा खटपट हुनुको कारण भने खुल्न सकेको छैन । 

स्रोतका अनुसार, शिल्पाले छविसँग डिभोर्स मागेकी छन् । तर, यस विषयमा बुझ्न खोज्दा छवि र शिल्पा दुबैसँग फोन सम्पर्क हुन सकेन । दुईले गोप्य रुपमा समस्या सुल्ट्याउन चाहेका छन् । गएको तीन वर्ष अगाडि शिल्पा र छविले काठमाडौंको गोकर्ण रिसोर्टमा सुटुक्क लगनगाँठो कसेका थिए । 

अभिनेत्री रेखा थापासँग अलगिएपछि छविले शिल्पासँग विवाह गरेका हुन् । तर, विवाह गरेको लामो समयसम्म दुईले यो कुरा सार्वजनिक गरेका थिएनन् । गत वर्ष अभिनेत्री रेखाले एक स्मारिकमा लेख लेख्दै शिल्पा र छविको विवाह भइसकेको खुलाएकी थिइन् । पछि छविले पनि स्वीकार गरेका थिए ।

एकसेएक सुपरहिट फिल्म दिएका छविले शिल्पालाई फिल्म 'लज्जा' बाट नेपाली फिल्ममा डेब्यू गराएका थिए । त्यसअघि शिल्पा म्यूजिक भिडियोमा व्यस्त थिइन् । डेब्यू फिल्मपछि उनी छविराज प्रोडक्सनको ब्यानरबाट निर्माण हुने कुनै फिल्ममा छुटेकी छैनन् । छवि निर्मित तथा शिल्पा अभिनीत पछिल्लो फिल्म 'मंगलम' हो ।  
 

सम्बन्धित समाचार

चित्लाङमा पटकथा लेखन कार्यशाला

चित्लाङ । बुधबारबाट मकवानपुरको पर्यटकीय स्थल चित्लाङमा पटकथा लेखन कार्यशाला सुरु भएको छ । पटकथा सिकाउन बलिउडका चर्चित फिल्म लेखक रोबिन भट्ट र हलिउडका स्क्रिप्ट राइटर जेफ मोनाहान चित्लाङ आइपुगेका

वरिष्ठ फिल्म निर्देशक किशोर रानाको निधन

काठमाडौं । वरिष्ठ फिल्म निर्देशक किशोर रानाको निधन भएको छ । रानाको बुधबार ललितपुरस्थित निदान हस्पिटलमा निधन भएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिएका छन् । निर्देशक राना

शिवहरी पौडेलको निर्देशन डेब्यू फिल्म ‘लक्का जवान’ को शुभ मुहूर्त

काठमाडौँ । चर्चित हास्यकलाकार शिवहरी पौडेलले निर्देशनमा डेब्यू गर्न लागेको फिल्म ‘लक्का जवान’ को शुभ मुहूर्त गरिएको छ । सोमबार ललितपुरको बंगलामुखी मन्दिरमा फिल्मको स्क्रिप्ट, क्यामेरा र क्ल्याप पूजा गरियो ।

फिल्म 'च च हुई' को पोस्टर सार्वजनिक

काठमाडौँ । अभिनेता आर्यन सिग्देलको आउँदो फिल्म 'च च हुई' को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक दुइ पोस्टरमा आर्यनलाई फ्रेस देख्न सकिन्छ । उनको साथमा को-स्टार मिरुना मगर र


z