छविविरुद्ध शिल्पाले दिइन् घरेलु हिंसाको उजुरी 

खरीबोट

काठमाडौँ । अभिनेत्री शिल्पा पोखरेलले श्रीमान् तथा निर्माता छविराज ओझाविरुद्ध घरेलु हिंसाको उजुरी दिएकी छन् ।

प्रहरीका अनुसार शिल्पाले तीन दिन अगाडि काठमाडौं प्रहरी परिसरमा आफूमाथि श्रीमान् ओझाले घरेलु हिंसा गरेको भन्दै उजुरी दिएकी हुन् ।

दुबैलाई प्रहरीले बुधबार छलफलका लागि बोलाएको भएपनि निर्माता ओझा विरामी परेपछि बिहीबार दिउँसो दुईलाई प्रहरी परिसरमा बोलाइएको छ ।

केही समययता दुईको बैबाहिक जीवनमा दरार उत्पन्न भएको निकट स्रोतले बताएको छ । सम्बन्धमा खटपट हुनुको कारण भने खुल्न सकेको छैन । 

स्रोतका अनुसार, शिल्पाले छविसँग डिभोर्स मागेकी छन् । तर, यस विषयमा बुझ्न खोज्दा छवि र शिल्पा दुबैसँग फोन सम्पर्क हुन सकेन । दुईले गोप्य रुपमा समस्या सुल्ट्याउन चाहेका छन् । गएको तीन वर्ष अगाडि शिल्पा र छविले काठमाडौंको गोकर्ण रिसोर्टमा सुटुक्क लगनगाँठो कसेका थिए । 

अभिनेत्री रेखा थापासँग अलगिएपछि छविले शिल्पासँग विवाह गरेका हुन् । तर, विवाह गरेको लामो समयसम्म दुईले यो कुरा सार्वजनिक गरेका थिएनन् । गत वर्ष अभिनेत्री रेखाले एक स्मारिकमा लेख लेख्दै शिल्पा र छविको विवाह भइसकेको खुलाएकी थिइन् । पछि छविले पनि स्वीकार गरेका थिए ।

एकसेएक सुपरहिट फिल्म दिएका छविले शिल्पालाई फिल्म 'लज्जा' बाट नेपाली फिल्ममा डेब्यू गराएका थिए । त्यसअघि शिल्पा म्यूजिक भिडियोमा व्यस्त थिइन् । डेब्यू फिल्मपछि उनी छविराज प्रोडक्सनको ब्यानरबाट निर्माण हुने कुनै फिल्ममा छुटेकी छैनन् । छवि निर्मित तथा शिल्पा अभिनीत पछिल्लो फिल्म 'मंगलम' हो ।  
 

सम्बन्धित समाचार

दक्षिण अफ्रिकी तुन्जीले जितिन् मिस युनिभर्सको उपाधि

एटलान्टा । एटलान्टामा आइतबार सम्पन्न विश्व सुन्दरी प्रतियोगिताको फिनालेमा ब्रह्माण्ड सुन्दरी (मिस युनिभर्स)को ताज दक्षिण अफ्रिकी युवतीले जितेकी छिन् । महिला सशक्तीकरणलाई मुख्य विषयवस्तु बनाएर दिइएको प्रस्तुतिका आधारमा २६ वर्षीया जोजिबीनी

अभिनेत्री ऋचा शर्मा बैबाहिक बन्धनमा

काठमाडौँ । अभिनेत्री ऋचा शर्मा शनिबार बैबाहिक बन्धनमा बाँधिएकी छन् । प्रेमी दिपेक्ष विक्रम राणासँग उनले लगनगाँठो कसेकी हुन् । दुई वर्ष लामो प्रेम सम्बन्धलाई ऋचा र दिपेक्षले विवाहमा परिणत गरेका

सौगात र सृष्टिको चलचित्र ‘सँगसँगै’ को शुभमुर्हत  

काठमाडौं । निर्देशक मधुसुदन भट्टराईको निर्देशनमा ‘सँगसँगै’ नामक फिल्म निर्माण हुने भएको छ । साथी–साथीबीचको सम्बन्ध र समर्पणको कथामा निर्माण हुने फिल्मको शुक्रबार भद्रकाली मन्दिरमा शुभमुर्हत गरिएको छ ।   फिल्ममा

प्रेमगीत-३ मा अनुभव र योगीशाको यस्तो अवतार

काठमाडौँ । छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशनमा निर्माणाधिन यस वर्षको प्रतिक्षीत चलचित्र मानिएको ‘प्रेमगीत ३’ का कलाकार अनुभव रेग्मी र गीत क्यारेक्टरकी मुख्य अभिनेत्री क्रिस्टिना गुरुङको बाल्यकालको भुमिकामा


z