• २०८१ बैशाख ८ शनिबार

मुक्तिनाथ विकास र राष्ट्रिय बीमाबीच सम्झौता 

kharibot

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड  र राष्ट्रिय बीमा कम्पनी लिमिटेडबीच असार २२ गते एकआपसमा व्यवसाय आदानप्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुरुप कम्पनीले बैंकसम्बन्धी कार्य गर्न मुक्तिनाथ विकास बैंकलाई प्राथमिकता दिने तथा बैंकले आफ्नो सम्पत्ति तथा दायित्वको बीमा गर्दा राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई प्राथमिकता दिने बताइएको छ । 

यसबाट बीमा कम्पनी तथा बैंकका कर्मचारी र ग्राहक दुबै लाभान्वित हुने बताइएको छ । बीमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्याल तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले हस्ताक्षर गरेका थिए । 

मुक्तिनाथ विकास बैंकले देशैभरी ११९ वटा शाखा, २५ वटा एटीएम र ६ लाख ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिङ्ग सुविधाका साथै देशैभरि भिसा नेटवर्क अन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवा उपलब्ध गराउँदै आएको छ । हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आबद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै