• २०८१ बैशाख १३ बिहीबार

नेपालगंज र कोहलपुर मेडिकल कलेजसँग सांग्रिला डेभलपमेन्टको स्वास्थ्यसेवा सम्झौता 

kharibot

काठमाडौँ । नेपालगंज मेडिकल कलेज तथा कोहलपुर मेडिकल कलेजसँग सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको स्वास्थ्यसेवामा छूटसम्बन्धी सम्झौता भएको छ ।

बैंक र मेडिकल कलेजबीच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकका डेबिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई उपचार गराउँदा विभिन्न सेवासुविधामा १० प्रतिशतसम्म छूट दिने सम्झौता भएको छ । सम्झौता साउन १ गतेदेखि लागू हुनेछ ।

उक्त सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड क्षेत्रीय कार्यालय, नेपालगंजका क्षेत्रीय प्रबन्धक जयन्द्रबहादुर खड्का र लर्ड बुद्घ एजुकेशनल एकेडेमी लिमिटेडका प्रबन्ध संचालक डा. सुरेशकुमार कानोडियाले हस्ताक्षर गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै