• २०८१ बैशाख ८ शनिबार

त्रिविको कार्यक्रममा प्रधानमन्त्री ओलीलाई हिलोमाथि रातो कार्पेट

kharibot

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सहभागी त्रिभुवन विश्वविद्यालयको कार्यक्रमस्थल पानी परेर हिलाम्मे स्थलमा रातो कार्पेट बिछ्याइएर स्वागत गरिएको छ । हिलाम्मे बाटोमा कार्पेट बिछ्याएको देखेर कार्यक्रममा उपस्थित चकित हुने अवस्था सिर्जना भएको छ ।

प्रधानमन्त्रीले त्रिभुवन विश्वविद्यालयको ६० औँ वार्षिक दिवशको बैठकमा सहभागी हुदै शैक्षिक संस्थाहरुको स्थापना के चल्छ भनेर थापिने पसलजस्तो नभएको भन्दै देशलाई चाहिने दक्ष जनशक्ति निर्माण केन्द्रित हुनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले एउटै विषयको २० हजार विद्यार्थी वार्षिक रुपमा देशलाई आवश्यक नपर्ने र  खपत गर्न  समेत गर्न नसकिने हुँदा प्राविधिक विषय सँगै कृषि, वन, इन्जिनियरिङ् लगाएतका विषयका विज्ञहरुको भने खाँचो रहेको बताए ।

शैक्षिक संस्थाहरु कुनै पनि कुरामा मनपरेन भने तोड्फोड गर्ने प्रविधि बसेको भन्दै प्रधानमन्त्री ओलीले शैक्षिकसंस्थाहरुमा साग बेच्नेहरुको पनि पसिना परेको हुन्छ त्यसकारण तोड्फोडको काम नगर्न समेत आग्रह गरे ।

प्रधानमन्त्री ओलीले यस्तै शैक्षिकसंस्थामा अनिमियता र वेथिती गर्ने जोसुकै भए पनि त्यसको अनुसार हेरिदैन् भने ।

कार्यक्रममा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले उच्चशिक्षा संघ र प्रदेशमा गईसकेको अवस्थामा त्रिवी पुरानै ढाँचामा चल्न नसक्ने भन्दै नयाँ पुस्तालाई अब कसरी तयार गर्ने भनेर सोच्न आवश्यक रहेको बताए ।

यस्तै कार्यक्रममा त्रिवीका उपकुलपति डा. तीर्थ खनियाले आगामी पुषमा हुने ५७ औँ गेस्रलिष्ट दिन ७० हजार विद्यार्थी तयार रहेको बताए ।त्रिभुवन विश्वविद्यालय सभाले विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर तथा पीएचडी उपाधिका लागि योग्य ७० हजार ७७ जनाको ग्रेस लिष्ट पारित गरेको छ ।

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार बसेको बैठकले ग्रेस लिष्ट पारित गरेको हो ।

ग्रेसलिष्ट पारित भएका विद्यार्थी अब हुने ५७औं दीक्षान्त समारोहमा सहभागी हुन पाउनेछन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै