• २०८१ बैशाख ८ शनिबार

सेमिफाइनलमा किन हार्यो भारत ? यस्ता छन् प्रमुख ५ कारण

kharibot

काठमाडौं । विश्वकप क्रिकेटको प्रमुख दाबेदार मानिएको भारत सेमिफाइनलमा न्युजील्याण्डसँग पाजित हुदै बाहिरिएको छ । २४० रनको मध्यम लक्ष्य पछाएको भारत २२१ रनमा अलआउट भएपछि भारतीय क्रिकेट टिमको यस खेलको रणनीति बारे भारतीय पुर्व क्रिकेटरहरुले कडा आलोचना गरिरहेका छन् । यसैबीच हामीले यस रिपोर्टमा भारतका हारका प्रमुख ५ कारण बारे चर्चा गर्ने प्रयास गरेका छौ ।

टप अर्डर फेल :

पुरै प्रतियोगितामा उत्कृष्ट ब्याटिंग गरेको भारतीय टप अर्डर यस खेलमा नराम्ररी फेल भएको थियो । प्रतियोगितामा रोहित शर्मा, केएल राहुल र विराट कोहलीले १३ सय भन्दा बढी रन बनाएको मा यस खेलमा तिनै खेलाडी १-१ रन बनाएर आउट भए । यसैलाई नै भारतको हारको प्रमुख कारण मान्न सकिन्छ । प्रतियोगितामा धेरै ५ शतक बनाएका रोहित एक शतकसहित उत्कृष्ट सुरुवात गरेका राहुल र लगातार ५ अर्धशतक बनाएर रेकर्ड बनाएका कोहली फेल हुनु नै भारतको हारको प्रमुख कारण बनेको देखिन्छ ।

मध्यक्रम फेरी फेल :

शिर्ष क्रमका ब्याट्सम्यानले रन बनाइरहदा भारतीय मध्यक्रम फेरी एक पटक फेल भएको छ । कागजमा निकै ठुला नाम रहेका रिषव पन्त, हार्दिक पाण्डेय, दिनेश कार्तिक यस खेलमा असफल भए । रिषव र हार्दिकले ३२-३२ रनको पारी खेलेर टिमलाई सम्हाल्ने प्रयास गरेपनि उनीहरुले जित दिलाउने पारी खेल्न असफल नै रहे । त्यस्तै दिनेश कार्तिकको छनौट पनि टिमलाई निकै महँगो पर्यो ।

चौथो नम्बरको महँगो प्रयोग :

भारतीय टिम छनौट भएदेखि नै निकै विवाद र चर्चामा रहेको चौथो नम्बरको प्रयोग र छनौट भारतीय क्रिकेट टिमलाई निकै महँगो परेको छ । अम्बाती रायडुको ठाउमा विजय शंकरको छनौट, विजय आउट भएपछि रिषव पन्तको छनौट नै अन्त्यमा आएर महँगो साबित भएको छ । पछिल्ला २-३ बर्षदेखि चार नम्बरमा विश्वकपका लागि भनेरनै अम्बाती रायडुलाई नियमित मौका दिएको भारतीय छनौट समितिले विश्वकपमा उनलाई अवसर नदिनु नकआउट चरणमा आएर महँगो साबित भएको छ । अनुभवहीन रिषवले जिम्मेवारी लिएर खेल्न सकेनन् र आफ्नो विकेट गुमाएर टिमलाई थप दबाबमा पारे ।

धोनीको ब्याटिंगक्रम :

२४ रनमा ४ विकेट गुमाएको अवस्थामा महेन्द्रसिंह धोनी आउने अपेक्षा सबैको थियो तर धोनी भन्दा अगाडी हार्दिक पाण्डेय र दिनेश कार्तिक ब्याटिंग गर्न आए । र धोनी सातौ नम्बरमा ब्याटिंग गर्न आएको विषय अहिले भारतीय पुर्व क्रिकेटर तथा विश्लेषकहरुले उठाइरहेका छन् । धोनी जस्तो अनुबवी खेलाडी अगाडी आएर जिम्मेवारी लिनुपर्नेमा पछाडी आएकोमा आलोचना गरिएको छ । सौरभ गांगुली, सचिन तेन्दुलकरजस्ता खेलाडीले कप्तान र कोचको यो निर्णयको कडा आलोचना गरेका छन् ।

धोनीको सुस्त ब्याटिंग :

पुरै प्रतियोगितामा धोनीको सुस्त ब्याटिंगको आलोचना भइरहेको थियो । यस खेलमा पनि धोनी सुस्त खेले । ९२ रनमा ६ विकेट गएको अवस्थामा धोनीले रविन्द्र जडेजासँग मिलेर भारतीय पारीलाई अगाडी बढाएका थिए । एक समय अवस्था यस्तो आयो जँहाबाट भारतले सजिलै खेल जित्नसक्ने अनुमान हुन् थलेको थियो । ३० बलमा ५२ रन बनाउनुपर्ने अवस्थामा धोनीले एक एक रनको प्रयास गरिरहेका देखिन्थे । जबकी जडेजा छिटो रन बनाउने चक्करमा आउट भए भने धोनीले ७२ बल खेलेर ५० रन बनाउदै रनआउट हुन पुगे ।

अन्त्यमा क्रिकेट प्रेमीका लागि दुई दिन भएको सेमिफाइनल खेल निकै रोमान्चकपूर्ण रह्यो । भारतीय खेलको चर्चा गरिरहदा न्युजील्याण्ड सायद यस विश्वकपको मात्र होइन धेरै लामो समयपछि उत्कृष्ट खेल देखाएर विश्वकपको फाइनलमा पुगेको छ । न्युजील्याण्डको यस खेलको विश्व क्रिकेटमा लामो समयसम्म चर्चा भइरहने छ ।

ट्वीटर : @Kharibot2015  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै