• २०८१ बैशाख ८ शनिबार

डिएगो कोष्टालाई एभर्टनको अफर !

kharibot

काठमाडौं । स्पेनिस स्ट्राइकर डिएगो कोष्टा प्रिमियर लिगमा फर्किने तयारी गरेका छन् । ३० बर्षिय कोष्टालाई प्रिमियर लिग क्लब एभर्टनले भित्र्याउने तयारी गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

स्पेनिस क्लब एथलेटिको म्याड्रिडबाट खेलिरहेका कोष्टा लगातारको विवाद र प्रशिक्षकसँगको झगडापछि एथलेटिकोमा नियमित टिममा समेत पर्न सकेका छैनन् । अब एथलेटिकोमा अल्भारो मोरटा र जोआओ फेलिक्स आएपछि झन् क्लबमा ब्याड ब्वायको उपमा पाएका कोष्टाको भविष्य अनिश्चित देखिएको हो ।

ब्राजिलमा जन्मिएका कोष्टाले २०१७ मा चेल्सीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । गत सिजनमा २० खेलमा केवल ३ गोल गरेका कोष्टाको खराब सिजनपछि उनले आउदो सिजनमा नयाँ क्लबबाट खेल्ने तयारी गरेका हुन् ।

गत अप्रिलमा बार्सिलोनासँगको खेलमा रातो कार्ड पाएका कोष्टालाई ८ खेलको प्रतिबन्ध लगाइएपछि उनी खेल्न पाएका छैनन् । सो खेलमा उनले रेफ्रीलाई नराम्रो गाली गरेका कारण कडा प्रतिबन्ध बेहोरेका थिए । उनको अझै प्रतिबन्धको एक खेल भोग्न बाँकी रहेको छ ।

यस्तोमा एभर्टनले कोष्टालाई भित्र्याउने तयारी सुरु गरेपछि उनी २ बर्षपछि फेरी प्रिमियर लिगमा फर्किने योजनामा रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै