• २०८१ बैशाख ७ शुक्रबार

अफगानिस्तानका बलरलाई एक बर्षको प्रतिबन्ध !

kharibot

काठमाडौं । अफगानिस्तानका तिब्रगतिका बलर अफताब आलमलाई घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटबाट एक बर्षको प्रतिबन्ध लगाइएको छ ।

विश्वकप खेलका क्रममा आलमले दुर्व्यवहार गरेको आरोपमा अफगानिस्तान क्रिकेट बोर्डले उनलाई सबै खाले क्रिकेटबाट एक बर्षको लागि प्रतिबन्ध लगाएको हो ।

आलमलाई सो अवधिका लागि अफगानिस्तानको राष्ट्रिय टिमको कन्ट्रयाक्टबाट समेत सस्पेन्ड गरिएको छ ।

आलमलाई आइसीसीले आइसीसीको कोड अफ कन्डक्ट विपरित कार्य गरेको आरोपमा अफगानिस्तानको टिमबाट बाहिर निकालिएको थियो । आलमले आफु बसेको होटलमा एक महिलालाई दुर्व्यवहार गरेको आरोप समेत लगाइएको थियो । आइसीसीले जुन २७ मा आलमलाई अफगानिस्तानको टिमबाट फिर्ता पठाउने निर्णय गरेको थियो ।

भारतसँगको खेल ११ रनले हारेपछि आलमले होटलमा गरेको व्यबहार पछि उनलाई तुरुन्तै लागु हुने गरि २ खेलका लागि प्रतिबन्ध लगाइएको थियो । उनलाई आइसीसीको एन्टी करप्सन युनिटसँगको मिटिङमा समेत अनुपस्थित भएको आरोप लगाइएको थियो ।

यस विश्वकपमा आलमले न्युजील्याण्ड, दक्षिण अफ्रीका र भारतसँग गरी तीन खेल खेलेका थिए । जसमा उनले न्युजील्याण्डविरुद्ध ३ विकेट लिएका थिए भने भारतविरुद्ध एक विकेट लिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै