मुलुक रक्तपातको पुनः सामना गर्न तयार छैन – काँग्रेस 

खरीबोट

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले भोजपुरमा आज प्रहरी जवान सञ्जीव राईले कर्तव्य पालना क्रममा जीवन गुमाएको र नेत्र विक्रम चन्दले नेतृत्व गरेको समूहका कार्यकर्ता निरकुमार राई मारिएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ । 

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्तिमार्फत दशक लामो हिंसात्मक द्वन्द्वबाट शान्ति र समृद्धिको नवीन अध्यायमा प्रवेश गरेको मुलुक रक्तपातका दृश्य पुनः सामना गर्न किमार्थ तयार नभएको उल्लेख गरेका छन् । 

मुलुकका विभिन्न स्थानमा यसअघि भएका र आजको घटनाले अव विषयलाई गम्भीर रुपमा लिन र समाधानको खोजी गर्न सरकार र विद्रोही दुवै पक्षलाई पर्याप्त दबाब बढाएको भन्ने काङ्ग्रेसको अपेक्षा छ । 

काँग्रेसले विद्रोही विप्लव समूहलाई हत्याहिंसाको मार्ग तत्काल परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा आउन पुनः अपिल गर्दै विगतमा हिंसात्मक विद्रोहले अन्ततः त्यो मार्ग परित्याग गरेर मात्रै समाधानमा योगदान गर्न सकेको तथ्य स्मरण गराएको छ । 

“संविधानलाई अस्वीकार गरेर गतिविधि गरिरहेका सबै खाले समूहलाई वार्तामार्फत विश्वासमा लिने कर्तव्य सरकारको हो । हिजोको माओवादी विद्रोहलाई बल प्रयोगबाट समाधान गर्ने नीति परित्याग गरेर अन्तत वार्ताबाट रुपान्तरित गरेको काङ्ग्रेस नेतृत्वको सफल अनुभवको स्मृति वर्तमान सरकारले गर्नु यतिबेला सान्दर्भिक हुनेछ”, विज्ञप्तिमा उल्लेख छ ।

काँग्रेसले जनताको बलिदानिपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्दै मुलुकको समग्र अग्रगतिका लागि संवादमार्फत समाधान पहिल्याउन तथा शान्तिपूर्ण समाधानको विकल्प रोज्न अपिल गरेको छ ।

सर्लाही घटनाको संसदीय छानबिनको माग गर्दै आएको काङ्ग्रेसले भोजपुरको आजको घटनाको वास्तविक विवरण तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

सम्बन्धित समाचार

हत्या आरोपी काँग्रेस सांसद आलमको सेवासुविधा रोक्का

काठमाडौँ । हत्या आरोपमा पक्राउ परेका नेपाली काँग्रेसका सांसद मोहम्मद अफताब आलमको सेवासुविधा रोकिएको छ । संसद सचिवालयले सोमबार सूचना जारी गरी आलमको सेवासुविधा रोक लगाइएको जानकारी दिएको हो । रौतहट क्षेत्र

काँग्रेसको चियापान, प्रधानमन्त्री ओली सहभागी

काठमाडौं । कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली काँग्रेसले आयोजना गरेको  चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम एक बजेदेखि शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित चियापानमा पार्टी कार्यकर्ता एवं आमन्त्रितको

काँग्रेसका सांसद मोहम्मद अफताब आलम पक्राउ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद मोहम्मद अफताब आलम पक्राउ परेका छन् । बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा सांसद आलमलाई रौतहट प्रहरीले आज पक्राउ गरेको हो । उनलाई यतिवेला

आज काँग्रेसको चियापन

काठमाडौँ । नेपाली काँग्रेसले आइतबार कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश


z