नेता सापकोटाविरुद्धको मुद्दामा प्रतिलिपि मगाउन आदेश

खरीबोट

फाइल तस्बीर

काठमाडौँ । सर्वोच्च अदालतले सशस्त्र द्वन्द्वकालमा व्यक्ति हत्याको मुद्दामा पूर्वमन्त्री तथा तत्कालीन माओवादी नेता अग्निप्रसाद सापकोटाविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा परेको उजुरीको प्रतिलिपि मगाउन आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले विहिबार नेता सापकोटाविरुद्ध द्वन्द्वकालमा काभ्रेका अर्जुन लामा हत्याको घटनामा उक्त आयोगमा परेको उजुरीको प्रतिलिपि मगाउन आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ, ‘आयोगमा उजुरी दिएको छ कि छैन रु, उजुरी दिएको भन्ने प्रमाणित भएमा त्यसको प्रतिलिपि र उजुरी नपरेको भए अदालतलाई जानकारी दिनू ।’ अदालतले आयोगलाई उक्त मुद्दाको उजुरीका बारेमा अदालतलाई जानकारी दिन भनिएको छ ।

लामाको  विसं २०६२ वैशाख १६ गते तत्कालीन माओवादीको अपहरणमा परी दुई महीनापछि शव फेला परेको थियो । लामाकी पत्नी पूर्णिमाया लामाले २०६९ साल मङ्सिर ७ गते जिल्ला अदालत काभ्रेमा मुद्दा दायर गर्नुभएको थियो । लामाको हत्यामा नेता सापकोटा संलग्न रहेको उल्लेख गर्दै मुद्दा दायर गरिएको थियो ।

सोही मुद्दाको पुनरावेदन सर्वोच्चमा आएको हो । त्यसअघि २०७२ चैत १२ गते सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको संयुक्त इजलासले सो मुद्दा संवैधानिक इजलासमा हेरिने आदेश दिएको थियो ।

सम्बन्धित समाचार

विषादी परीक्षण नरोक्न सर्वोच्चको अल्पकालीन आदेश

काठमाडौँ । सर्वोच्च अदाललते भारतबाट ल्याउने तरकारी र फलफूलमा विषादी परीक्षण नगरी ल्याउने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले आज

विषादी परीक्षण स्थगित गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा तीन रिट

काठमाडौँ । सर्वोच्च अदालतमा विदेशबाट ल्याउने तरकारी र फलफूलमा विषादी परीक्षण नगरी ल्याउने सरकारको निर्णयविरुद्ध तीन रिट निवेदन दायर गरिएको छ । उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट ज्योति बाँनिया, अधिवक्ताद्वय स्वागत

प्रेरणाको दाइजो विवादमा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी शाहले छाउनीस्थित दाइजो दाबी गरेको सम्पत्ति सम्बन्धी मुद्दामा आवश्यक मिसिल झिकाउने आदेश दिएको छ ।  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरजबरा, न्यायाधीश दीपककुमार कार्की,

नेपाल र थाईल्याण्डको सर्वोच्च लेखापरीक्षण संस्थाबीच छलफल

काठमाडौँ । महालेखापरीक्षक टंकमणि शर्मा, दंगाल र थाईल्याण्डको सर्वोच्च लेखापरीक्षण संस्थाका स्टेट अडिट कमिस्नर सनसेर्ण पोलजिकसहितको टोलीबीच  महालेखापरीक्षकको कार्यालय, बबरमहलमा छलफल भएको छ । छलफलमा दुबै देशका सर्वोच्च लेखापरीक्षण संस्था बीच


z