डडेल्धुरा अस्पतालका चिकित्सकमाथि फेरि आक्रमण

खरीबोट

डडेल्धुरा । डडेल्धुरा अस्पतालमा ड्युटीमा खटिएका चिकित्सकमाथि पुनःआक्रमण भएको छ । शव परीक्षण गरिरहेका चिकित्सकलाई ढिलो गरेको भन्दै हातपात गरिएको बताइएको छ ।

यसअघि पनि सुत्केरीको मृत्युपश्चात् डडेल्धुरा अस्पतालमा कार्यरत चिकित्सकमाथि हातपात हुनुका साथै अस्पतालमा तोडफोड भएको थियो । सो घटनापश्चात् चिकित्सक करीब एक हप्तापछि काममा फर्किएका थिए । अहिले डडेल्धुरा अस्पताल अन्य जिल्लाको पनि ‘रिफरल सेन्टर’ बनिरहेको थियो । 

बुधबार दिउँसो स्थानीय अमरगढी नगरपालिका–११ का वडाध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा आएको भीडले शव परीक्षण गरिरहेका चिकित्सकमाथि आक्रमण गरेको अस्पतालमा कार्यरत चिकित्सकले एक विज्ञप्तिमार्फत जानकारी गराएका छन् । 

आक्रमणपछि चिकित्सकले एक विज्ञप्ति जारी गर्दै सुरक्षाका कारण देखाउँदै दोषीमाथि कारवाही नहुँदासम्म नियमित सेवामा फर्कन नसक्ने जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएर बुधबारबाट आकस्मिकबाहेकका सेवा बन्द गरेको घोषणासमेत गरेका छन् ।

प्रहरीले बुधबार बिहान ११:३० बजे अमरगढी नगरपालिका–११ सल्लाघारीका रमेश खड्काको शव परीक्षणका लागि अस्पताल पुर्याएको थियो । चिकित्सकले शव परीक्षण गरिरहेको अवस्थामा वडाध्यक्ष खड्काको नेतृत्वमा आएको भीडले चिकित्सकमाथि हातपात गरेको जनाएका छन् । 

साथै परीक्षण पूरा नभएको शवलाई नै नियन्त्रणमा लिई उक्त भीडले लगेको विज्ञप्तिमा उल्लेख छ । परीक्षण गरिरहेका चिकित्सकलाई तथानाम गाली बेइज्जतीसहित हातपात र ढुङ्गा प्रहार गरेको अस्पतालका निमित्त मेसु डा जीवन खरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार

अभावमै अस्पतालको सेवा राम्रो

बाँके । जनशक्ति निकै कम छ भने बिरामीको चाप बढ्दो । भौतिक पूर्वाधार अभावमा भएका उपकरण थन्किएका छन् । सहयोग तथा अनुदानका उपकरण राख्ने स्थान अभाव हुँदा सञ्चालनमै समस्या छ

डाक्टर ड्युटीमा नबसेको भन्दै अस्पतालमा तोडफोड

राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आज बिरामीका आफन्तले तोडफोड गरेका छन् । समयमा डाक्टर ड्युटीमा नबसेको भन्दै उनीहरुले अस्पतालमा तोडफोड गरेका हुन् ।  अर्थोपेडिक विभाग हाडजोर्नी तथा नशा रोगसम्बन्धी

डडेल्धुरा अस्पतालमा चिकित्सकको अभाव

अमरगढी । गत बुधबार अमरगढी नगरपालिका–६ भजनेउटामा रहेको कुटीमा बस्दै आएका एक साधुको शङ्कास्पद अवस्थामा शव फेला पर्यो । मृतक गिरीको हत्या भएको आशङ्का गरियो । आशङ्का गरिएकाले पनि थप अनुसन्धान

स्वास फेर्न गार्हो भएपछि महरा नर्भिक अस्पतालमा 

काठमाडौं । प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा अस्पताल भर्ना भएका छन् । संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा महरा प्रहरी हिरासतमा रहेका छन्


z