वैदेशिक रोजगारको एक दशक : रेमिट्यान्ससँगै समस्या पनि बढ्यो

खरीबोट

काठमाडौं । धेरै प्रतिशत वाध्यात्मक र अत्यन्त न्यून प्रतिशत मात्र रहरात्मकको रोजगारी बनेको वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको संख्या र रेमिटेन्समा वृद्धि भए सँगै समस्यामा पनि वृद्धि भएको छ । 

वैदेशिक रोजगार बोर्डका अनुसार पछिल्लो एक दशकमा (आर्थिक वर्ष २०६५-६६ देखि ०७-÷७५) ३८ लाख ९८ हजार ४ सय ७९ जना नेपाली दाजु भाई तथा दिदीबहिनीहरु काम गर्नका लागि विदेश गएका छन् । विश्वका करिब १६० भन्दा बढी मुलुकमा नेपालीहरु रोजगारीको खोजीमा पुग्ने गरेको बताईन्छ । 

बोर्डका अनुसार ३८ लाख ९८ हजार ४ सय ७९ जना मध्ये पुरुषको संख्या ३७ लाख ६ सय ७२ जना रहेको छ भने महिलाको संख्या १ लाख ९७ हजार ८ सय ७ जना रहेको छ । 

एक दशकको अवधिमा सबैभन्दा बढी ०७०-७१ मा ५ लाख २७ हजार ८ सय १४ जना रहेका छन् भने सबैभन्दा कम ०६५-६६ मा २ लाख १९ हजार ९ सय ६५ जना विदेश गएका छन् । 

आर्थिक वर्ष ०६५-६६ मा २ लाख १९ हजार ९ सय ६५ जना वैदेशिक रोजगारमा गएका छन् भने आव ०६६-६७ मा २ लाख ९४ हजार ९४ जना, आव ०६७-६८ मा ३ लाख ५४ हजार ७ सय १६ जना , आव ०६-÷६९ मा ३ लाख ८४ हजार ६ सय ६५ जना नेपाली श्रमिक काम गर्नका लागि विदेश गएका छन् । यस्तै आव ०६९-७० मा ४ लाख ५३ हजार ५ सय ४३ , आव ०७०-७१ मा ५ लाख २७ हजार ८ सय १४ , आव ०७१÷७२ मा ५ लाख २७ हजार ८ सय १४,आव ७२-७३ मा ४ लाख १८ हजार ७ सय १३ , आव ७३÷७४ मा ४ लाख १८ हजार ७ सय १३ जना , आव ७३-७४ मा ३ लाख ६३ हजार ७३ जना तथा आव ७४-७५ मा ३ लाख १२ हजार ७ सय ४९ जना नेपाली श्रमिक का मगर्नका लागि विदेश गएका छन् ।

जसले गर्दा केहि आव छोडेर प्रत्येक वर्ष विदेश जाने नेपाली श्रमिक अर्थात् कामदारको संख्या बढेको देखिन्छ ।   

विप्रेषण प्रवाहको स्थिति 

राष्ट्रिय योजना आयोगले समेत विप्रेषणले गर्दा मुलुकको आर्थिक स्थितिमा सुधार आएको बताँउदै आएको छ । यदि समस्यालाई थाती राख्ने हो भने वैदेशिक रोजगारको महत्वपूर्ण अगं वा मुलुकलाई फाइदा हुने भनेको विप्रेषणबाट हो । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययन प्रतिवेदन अनुसार आव ०५०-५१ मा विप्रेषण आप्रवाह रु २ अर्ब १५ करोड रहेकोमा आव ०७२-७३ मा रु ६ खर्ब ६५ अर्ब रह्यो जसको कुल र्गाहस्थ उत्पादनसँगको अनुपात २९.६ प्रतिशत हुन आँउछ । 

पछिल्लो एक दशक (आव२०६५-६६ देखि ०७४-७५) को विप्रेषण आप्रवाह स्थिति हेर्दा ९ वर्षसम्ममा सुरुवाती वर्षदेखि अन्त्यसम्ममा प्रत्येक वर्ष विप्रेषण आप्रवाह बढेको देखिन्छ भने दशकको अन्तिम वर्ष अर्थात् ०७४-७५ मा भने ग्राफ ओरालो लागेको देखिन्छ । 

आव ०६५-६६ रु २ खर्ब ९ अर्ब , आव ०६६-६७ रु २ खर्ब ३१ अर्ब, आव ०६७-६८ रु २ खर्ब ५३ अर्ब , आव ०६८-६९ रु ३ खर्ब ५९ अर्ब, आव ०६९-७० रु ४ खर्ब ३४ अर्ब वैदेशिक रोजगारमा गएका कामदारमार्फत् विप्रेषण आप्रवाह भएको देखिन्छ । यस्तै आव ०७०-७१ रु ५ खर्ब ४३ अर्ब , आव ०७१-७२ रु ६ खर्ब १७ अर्ब, आव ०७२-७३ रु ६ खर्ब ६५ अर्ब, आव ०७३-७४ रु ६ खर्ब ९५ अर्ब, आव ०७४-७५ रु ४ खर्ब ७१ अर्ब वैदेशिक रोजगारमा गएका कामदार मार्फत् विप्रेषण आप्रवाह भएको देखिन्छ । यसरी हेर्दा एक दशकमा कुल ४४ खर्ब ८२ अर्ब विप्रेषण आप्रवाह भएको देखिन्छ । जसले कुल र्गाहस्थ उत्पादन(जिडिपी) ठूलो मद्दत पुगेको छ । 

समस्यामा वृद्धि 

वैदेशिक रोजगारमा जाने नेपालीहरु ठगिनु कुनै नौलो कुरा भएन । अशिक्षित जनशक्तिका साथै गलत नियतले खोलिएका वैदेशिक रोजगारमा पठाउने संस्थाहरुका कारणले गर्दा विदेश जाने नेपालीहरु ठगिन पुगेका छन् भने अर्को समस्या भनेको विदेशमा काम गर्दा मृत्यु  हुने घाइते तथा अंगभंग हुनेको संख्या पनि बढ्दो रहेको छ जुन वैदेशिक रोजगारको सबैभन्दा ठूलो जोखिमयुक्त समस्या हो ।

एक दशक (आव २०६५-६६ देखि ०७४-७५) को अध्ययनलाई आधार मान्दा एक दशकमा महिला-पुरुष दुवै गरेर कुल ६ हजार ७ सय ८ जनाको वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएको छ भने १ हजार १ सय ७८ जना घाईते अर्थात् अंगभंग हुन पुगेका छन् । 
बोर्डका अनुसार आव ०६५-६६ मा ७७ जना, ०६६-६७ मा ४सय १९ जना, ६७-६८ मा ५ सय ६६ जना,  ६८-६९ मा ६ सय ४८ जना, ६९-७० मा ७ सय २२ जना नेपाली कामदारको वैदेशिक रोजगारीको क्रममा मृत्यु भएको छ । यस्तै आव ७०-७१ मा ८ सय ७७ जना, ७१-७२ मा  १ हजार ६ जना, ७२-७३ मा ८ सय १६ जना, ७३-७४ मा ७ सय ५६ जना र ७४-७५ मा ८ सय २१ जना नेपाली कामदारको वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएको छ ।  

सोहि अध्ययन अर्थात् एकदशको अध्ययन अनुसार वैदेशिक रोजगारीमा जाने महिला÷पुरुष दुवै गरेर कुल १ हजार १ सय ७८ जना नेपाली घाईते अर्थात् अंगभंग भएका छन् ।

आव ०६५-६६ मा ८ जना, ०६६-६७ मा १० जना,  ६७-६८ मा ३१ जना, ६८-६९ मा ५७ जना र ६९÷७० मा ९० जना नेपाली कामदारको वैदेशिक रोजगारीको सिलसिलामा घाईते अर्थात् अंगभंग भएका छन् । यस्तै ७०-७१ मा १ सय १६ जना,  ७१-७२ मा १ सय ८४ जना, ७२-७३ मा १ सय १७ जना, ७३-७४ मा २ सय ४ जना र ७४-७५ मा ३ सय ६१ जना नेपाली कामदारको वैदेशिक रोजगारीको सिलसिलामा घाईते अर्थात् अंगभंग भएका छन् । 

सरोकारावालाहरुको भनाई  

वैदेशिक रोजगारलाई वाध्यात्मक रोजगार मान्ने सरकारी तथा रोजगार विज्ञहरु यसलाई सीपयुक्त र व्यवस्थित रोजगार बनाउनु पर्नेमा जोड दिन्छन् । 

बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठ हातमा सीप लिएर अर्थात् सक्षम भएर मात्र विदेश जानुपर्ने बताँउछन् । ‘हातमा सीप लिएर विदेश जाँदा भोलि कामदार विदेशमा काम गर्दै जाँदा एकतह माथि पुग्छ अर्थात् थप सीप सिक्छ र उ नयाँ सीप लिएर स्वदेश फर्किन्छ जसले स्वदेशमा समेत उ क्षमतायुक्त जनशक्ति हुन्छ,’ उनले भने । 

निर्देशक श्रेष्ठले विप्रेषण प्रवाहलाई मात्र हेरेर विदेश काम गर्दा मृत्यु तथा घाईते भएका व्यक्तिहरुलाई ओझेलमा राख्न नहुने बताए । ‘विप्रेषणले आर्थिक स्थितिमा केहि सुधार ल्याए पनि कमाउने गएको व्यक्ति मृत्युको मुखमा पुग्दा उसको परिवार , बालबच्चा , श्रीमतीमा पूग्ने जाने चोटलाई मलम लगाउने विषय अत्यन्त कठिन विषय हो,’ उनले भने । 

मुटु, किट्नीको बिरामी मात्र स्वदेश फर्किएका छन् अन्य अगंभगं भएका तथा असुरक्षित बिरामीहरु पनि फर्किनु पर्छ भन्ने बोर्ड तथा सम्वन्धित निकायको उद्देश्य रहेको उनले बताए । 

उनले विदेश जानु नै छ भनेर सम्वन्धित निकायमा गएर बुझेर जानुपर्ने बताए । ‘बोर्डले विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको छ तर विदेश जाने श्रमिकले त्यसलाई ध्यान दिएका छैनन् वा ती सम्म सूचना पुगेका नै छैनन्,’ उनले भने ।

यस्तै निर्देशक श्रेष्ठले बोर्डले वैदेशिक रोजगारीमा जानेका लागि उपलब्ध गराउने सहयोगलाई लिएर आगामी आर्थिक वर्षमा व्यापक प्रचार प्रसार गरिने बताए । 

अन्तराष्ट्रिय श्रम बजार कस्तो छ त्यसको विश्लेषण गरी सीपयुक्त जनशक्ति विदेश पठाउने हाम्रो उद्देश्य रहेको बताँउदै उनले ‘टिसर्ट’ लगाएर गएको मानिस ‘टिसर्ट’ मै नर्फकिउन भन्ने हाम्रो सोचाइ भएको बताए । 

रोजगार विज्ञ गणेश गुरुङले नेपाली दाजुभाई तथा दिदीबहिनी स्वोइच्छाले वैदेशिक रोजगारमा नगएको बताए ।  

उनले भने (रेमिटेन्स) विप्रेषण प्राप्त भयो जसले गर्दा मुलुकमा गरिबी घट्यो यो राम्रो पक्ष हुन सक्छ , तर मृत्यु भएकाको हकमा भने यो कुरा सुखद होइन । विज्ञ गुरुङले मर्ने उमेर नभई उसको मृत्यु भयो अर्थात् असुरक्षित स्थानमा काम गर्दा दुर्घटना हुनगई मृत्यु भयो जुन अत्यन्त दुखदायी घटना हो, जुन वैदेशिक रोजगारमा हुने गरेको बताए ।

उनी अघि भन्छन्, ‘वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु हुनु भनेको वैदेशिक रोजगारमा जानेले सामाजिक मूल्य पनि तिरेका छन् त्यसलाई सरकार, सम्वन्धित निकायले कसरी हेर्ने यस्तो असहज स्थितिलाई के भन्यो ?’ उनले प्रश्न गरे । परिवारमा जब कमाउने व्यक्तिको मृत्यु हुनु भनेको त्यो असामान्य स्थिति हुने विज्ञ गुरुङले बताए । 

अर्को कुरा भनेको विदेशमा काम गर्यो यहाँको खेतबारी बाँझो रह्यो उनले भने त्यसैले नेपाल र नेपालीको सन्दर्भमा वैदेशिक रोजगारलाई कसरी सकारात्मक रुपमा लिन सकिन्छ  ।

सम्बन्धित समाचार

वैदेशिक रोजगारीबाट फर्किएर स्वदेश मै उधम गर्ने ६ जना सम्मानित्त 

काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएर स्वदेश मै उधम गर्ने ६ जना व्यक्तिलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्मान गरेको छ । आइतबार मन्त्रालय परिसरमा एक कार्यक्रम गरी विदेशबाट फर्किएर स्वदेश

कुवेतमा पुगेकी अनुद्वारा उद्धारको अपिल

काठमाडौँ । नुवाकोट, महाकाली गाउँपालिका (साबिक) वडा नं ८ की अनु तामाङ दलालको प्रलोभनमा परी कुवेतमा बिचल्लीमा परेकी छिन् । राम्रो काम लगाइदिने आशमा ६ महीनाअघि दलालको फन्दामा परी भारत

वैदेशिक रोजगारको एक दशक : रेमिट्यान्ससँगै समस्या पनि बढ्यो

काठमाडौं । धेरै प्रतिशत वाध्यात्मक र अत्यन्त न्यून प्रतिशत मात्र रहरात्मकको रोजगारी बनेको वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको संख्या र रेमिटेन्समा वृद्धि भए सँगै समस्यामा पनि वृद्धि भएको छ ।  वैदेशिक

वैदेशिक रोजगारीमा अशिक्षितलाई झन् पीडा, ‘मौखिक सम्झौता एउटा लिखित सम्झौता अर्के’ 

काठमाडौं । बाध्यता र अव्यवस्थित रोजगारीको उपमा पाएको वैदेशिक रोजगारीमा समस्याहरु प्रशस्त रहेको पाईन्छ । धेरै जसो वैदेशिक रोजगारमा युवाहरुलाई विदेश पठाउने नाममा खोलिएका संस्था तथा म्यानपावरले कानुन विपरितका कामहरु


z