विप्लव समूहका दुई जिल्ला नेता पक्राउ

खरीबोट

परासी ।पश्चिम नवलपरासी प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) समूहका दुई जिल्लास्तरका नेतालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला सदस्य कमालुद्दिन अन्सारी र शारदा भण्डारी रहेका छन् । अन्सारीलाई आज बिहान र भण्डारीलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

दुवै आगो लगाएको सङ्गठित अपराध मुद्दामा फरार रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

रामग्राम–१० नदवा बस्ने वर्ष ५७ का अन्सारीलाई आज बिहान घरबाटै पक्राउ गरी आवश्यक अनुसन्धान थालिएको उनले बताए । यसअघि विप्लव समूहकै जिल्ला सदस्य तथा उक्त समूहको विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) नवलपरासीकी जिल्ला अध्यक्ष शारदा भण्डारीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

२२ वर्षीया भण्डारीलाई पश्चिम नवलपरासी पहरीले सरावल गाउँपालिका–१ बासाचोकबाट पक्राउ गरेको थियो । भण्डारीलाई जिल्ला प्रहरी कार्यालयमा राखी आवश्यक अनुसन्धान थालिएको छ । भण्डारी कपिलवस्तु शिवराज नगरपालिका–१ की स्थायी बासिन्दा हुन् ।
 

सम्बन्धित समाचार

विप्लव समूहका सोलुखुम्बु सेक्रेटरी पक्राउ

भरतपुर । चितवन प्रहरीले विप्लव समूहका सोलुखुम्बु जिल्ला सेक्रेटरी शिवा खड्कालाई पक्राउ गरेको छ । चितवनमा लुकीछिपी बसेको भन्ने विशेष सूचनाको आधारमा खोजतलास गर्दा भरतपुर महानगरपालिका वडा नं २६ ज्योतिनगर क्षेत्रबाट

सरकारका प्रवक्ताको काँग्रेसलाई प्रश्न : दिनभरी विपी र रातिमा विप्लव हो ?

काठमाडौँ । सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई दिनभरी विपी र रातिमा विप्लव हो भन्दै प्रश्न गरेका छन् । सरकारको मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्वजनिक गर्ने पत्रकार

विप्लव समूहका दुई जिल्ला नेता पक्राउ

परासी ।पश्चिम नवलपरासी प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) समूहका दुई जिल्लास्तरका नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सदस्य कमालुद्दिन अन्सारी र शारदा भण्डारी रहेका छन् । अन्सारीलाई आज बिहान र

भोजपुरमा प्रहरी-विप्लव कार्यकर्ताबीच गोली हानाहान, दुई जनाको मृत्यु

भोजपुर । बुधबार बिहान भोजपुरमा विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ । एक प्रहरी जवान र  एक विप्लव कार्यकर्ताको मृत्यु भएको हो ।  बिहानै चिया


z