पाकिस्तानमा रेल जुध्यो, १० जनाको मृत्यु

खरीबोट

इस्लामाबाद । पाकिस्तानमा बिहीबार बिहानै दुईवटा रेल एकआपसमा जुधेर भएको दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै ६० जनाभन्दा बढी घाइते भएका छन् ।

पाकिस्तानी रेल अधिकारीहरुका अनुसार पंजाब प्रान्तको रहिम यार खानमा दुईवटा रेल जुधेका थिए । प्रहरीका अनुसार लाहोरबाट आइरहेको यात्रुबाहक रेल र चौबाटो (क्रसिङ) मा रोकिराखेको सामान ढुवानी गर्ने रेल एकआपसमा जुधेका थिए ।

स्थानीय प्रहरी अधिकृत ओमार सलामतले जियो न्यूजलाई दुर्घटनाका बारेमा प्रतिक्रिया दिँदै दुर्घटनास्थलबाट कम्तीमा दश जनाको शव बाहिर निकालिएको र ६६ जनाभन्दा बढी घाइतेको उद्धार गरिएको जानकारी दिएका छन् ।

घाइतेहरुलाई उपचारका लागि तत्कालै स्थानीय अस्पतालमा भर्ना गरिएको छ । सलामतले घाइतेमध्ये चार जनाको अवस्था अत्यन्त गम्भीर रहेको पनि बताए ।

पाकिस्तानमा रेल दुर्घटना बेलाबखत भइरहन्छन् । भ्रष्टाचार, अव्यवस्था र लगानीको अभावका कारण दशकौंदेखि पाकिस्तानी रेलसेवा रुग्ण अवस्थामा पुगेको छ ।

पाकिस्तानी रेलमन्त्री शेख रसिद अहमदले घटनाको छानबिन गर्न अनुसन्धान टोली गठन गरिएको जानकारी दिएका छन् । गत जुनमा पनि दक्षिणी सिन्ध प्रान्तमा दुई वटा रेल जुधेर तीन जनाको मृत्यु भएको थियो ।
 

सम्बन्धित समाचार

पाकिस्तानी प्रधानमन्त्री इमरान खान इरान भ्रमणमा

इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खान आइतबार इरानतर्फ प्रस्थान गरेका छन् । अरब खाडी क्षेत्रमा तनाव बढीरहेको बेला उनी त्यसतर्फ प्रस्थान गरेको अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिका र साउदी अरबको

पाकिस्तानविरुद्धको टी-२० सिरिज श्रीलंकाद्वारा क्लिन स्विप  

काठमाडौँ । श्रीलंकाले पाकिस्तानविरुद्धको टी-२० सिरिजमा क्लिन स्विप गरेको छ । गएराती सम्पन्न सिरिजको अन्तिम खेलमा श्रीलंका १३ रनले विजयी भएको हो ।  श्रीलंकाले दिएको १४८ रन पछाएको पाकिस्तानले २० ओभरमा

टी-२० सिरिजमाथि श्रीलंकाको कब्जा, पाकिस्तानको लगातार दोस्रो हार  

काठमाडौँ । श्रीलंकाले पाकिस्तानविरुद्धको दोस्रो टी-२० खेल जितेर सिरिजमाथि कब्जा गरेको छ । गएराती सम्पन्न खेलमा श्रीलंकाले ३५ रनले खेल जितेको हो । श्रीलंकाले दिएको १८३ रनको लक्ष्य पछाएको पाकिस्तानी टिम

पहिलो टी-२० मा श्रीलंका विजयी, पाकिस्तानको ब्याटिंग फेल

काठमाडौँ । श्रीलंकाले पाकिस्तानविरुद्धको पहिलो टी-२० खेलमा जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा श्रीलंकाएल पाकिस्तानलाई ६४ रनले पराजित गरेको हो । श्रीलंकाले दिएको १६६ रनको लक्ष्य पछाएको पाकिस्तानले १७.४


z