नेपालीको भान्सा शुद्ध र खानेकुरा विषादिरहित हुनुपर्छ : प्रधानमन्त्री ओली

खरीबोट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आयातीत तरकारी र फलफूलका विषादि जाँचका सम्बन्धमा भारतीय दूतावासबाट आएको पत्रबारे आफूलाई जानकारी नदिइएका विषयमा खोजी गरिने बताएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘संविधान कार्यान्वयन र प्रशासनिक पुनः संरचना’ विषयको राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै उनले नेपालीको भान्सा शुद्ध र खानेकुरा विषादिरहित हुनुपर्ने उद्देश्यले सरकारले जाँच शुरु गरेको र यो कसैका विरुद्ध नभई नेपालीको खानेकुराका बारेमा मात्र भएको स्पष्ट गरे । 

स्वच्छ, प्रभावकारी, पारदर्शी र सेवामुखी प्रशासन बनाइने बताउँदै उनले भने, “जनतालाई आत्मविश्वास जगाउँदै भविष्यप्रतिको आशावादिता देखाएर प्रशासन क्षेत्रले छिटोछरितो रुपमा काम गर्नुपर्छ ।” उनले प्रशासनले एकातिर विकासका काम अगाडि बढाउनुपर्ने र  अर्कातिर जनतामा सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिए ।  

अहिले सङ्घ र प्रदेशका बीचमा केही विवाद देखिएको जस्तो लागेको बताउँदै उनले भने, ‘‘ कतिपयले प्रदेश भनेको छुट्टै स्वतन्त्र सार्वभौम राज्य भनेर पनि कुरा गरेका छन् । कतिपयले प्रदेश एउटा एकाइ र निकाय मात्र भएको जस्तो कुरा गर्छन् । यी दुई कुरा यथार्थ होइन । प्रदेश स्वतन्त्र राष्ट्रको एउटा निकाय हो जसलाई नियन्त्रण गर्ने काम सङ्घीय सरकारको हो ।’’ उनले सुरक्षा, अन्तरराष्ट्रिय मामिला र आर्थिक स्रोत साधनका विषय सङ्घअन्तर्गत हुने व्यवस्था रहेको स्पष्ट गरे ।

 

सम्बन्धित समाचार

जलवायु परिवर्तनको नकारात्मक असर नेपालमा : प्रधानमन्त्री ओली

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा जलवायु परिवर्तनको नकारात्मक असर परेको बताएका छन् । ग्रीनहाउस ग्यास उत्र्सजनमा नेपालको भूमिका नगण्य भए पनि नेपालले यसको असर खेपिरहनु परेको प्रधानमन्त्री ओलीको

विकासका लागि अहिले उपयुक्त समय : प्रधानमन्त्री ओली

काठमाडौ । प्रधान मन्त्री केपी शर्मा ओलीले नेपालको विकासका लागि अहिले उपयुक्त समय भएको बताएका छन् । राष्ट्रिय युवा परिषदले आयोजना गरेको संघीय नमुना युवा संसदको बैठकलाई आज सम्बोधन गर्दै

अरु वर्षको असार २९ जस्तो प्रसन्न मन छैन : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरोका कारण ४० भन्दा बढीले जीवन गुमाएका कारण अरु वर्ष असार २९ गतेको जस्तो प्रसन्न मन यस पटक हुन नसकेको बताए । संस्कृति, पर्यटन तथा

मलंगवा डुबान भारतसँगको समन्वयमा खुलाइदै : प्रधानमन्त्री ओली 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको समन्वयमा सर्लाहीस्थित मलंगवा भारत सीमामा पानीको बहाव खुलाउन लागेको बताएका छन्। सीमा क्षेत्रमा पानीको बहाव थुनिएपछि शुक्रबार बिहानैदेखि मलंगवा बजारका केही ठाउँ डुबान परेको


z