• २०८१ बैशाख ७ शुक्रबार

गौतम बुद्ध रंगशाला निर्माणको काम फेरी सुरु हुदै 

kharibot

रंगशालाको डिजाइन तस्बीर ।

चितवन । चितवनमा धुर्मुस-सुन्तली फाउन्डेसनद्धारा निमार्णधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्थगित भएको कार्य फेरी सुरु भएको छ । 

धुर्मुस-सुन्तली फाउन्डेसनले रंगशाला निर्माणको काम फेरी सुरु गर्न लागेको जानकारी दिएको छ । 

यस अघि पश्चिमतर्फको तारबार स्थानिय समूहले डोजर लगाएर भत्काइदिएपछि केहि समयको लागि स्थगित भएको थियो ।

फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले अहिले स्थिति सहज बनेकोले फेरी रंगशाला निर्माणको काम सुरु भएको जानकारी दिदै यस्तो कार्य फेरी नदोहोराउन अपिल गरेका छन् ।

कट्टेलले आफुहरुले निस्वार्थ भावनाले काम गरिरहेको बताउदै यस अभियानमा सबैलाई हातेमालो गर्न आव्हान समेत गरेका छन् ।      

रंगशालामा डोजर लगाउन नेतृत्व गर्ने प्रकाश कँडेललाई कारबाही गरिसकेको छ भने निर्माणाधीन रंगशाला भत्काउने अन्य १६ जनालाई प्रहरीले पक्राउ गरेर अक्र्वाही गरेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै