• २०८१ बैशाख ७ शुक्रबार

धोनी रनआउट हुदा क्रिकेट फ्यानले गुमाए ज्यान !

kharibot

काठमाडौँ । विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलको भारत र न्युजील्याण्डबीचको बुधबारको खेल हेर्दा हेर्दै एक भारतीय क्रिकेट फ्यानको निधन भएको छ ।

भारतीय मिडियाका अनुसार भारतको कोलकोताका एक साइकल पसले खेल हेर्दा हेर्दै महेन्भाद्रर सिंह धोनी रन आउट भएपछि उनी पसलमै ढलेका थिए ।

श्रीकान्त मैती नाम गरेका ति पसले आफ्नै श्रीमतीसँगै मोबाइलमा खेल हेरिरहेका बेला महेन्द्र सिंह धोनी रन आउट भएपछि उनि बसेकै ठाउमा ढलेको बताइएको छ ।

अचेत श्रीकान्तलाई नजिकका पसलेले तुरुन्तै अस्पताल लगे पनि अस्पतालमा डाक्टरले उनलाई मृत घोषित गरेका थिए ।

न्युजील्याण्डविरुद्धको सेमिफाइनलमा भारत १८ रनले पराजित हुदै विश्वकपबाट बाहिरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै