• २०८१ बैशाख ७ शुक्रबार

नेप्सेमा झिनो अंकले गिरावट, नौ समूहले गुमाउँदा दुुईले कमाए

kharibot

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहीवार पनि नेप्सेमा झिनो अंकले गिरावट आएको छ । आज नेप्से शून्य दशमलव ६२ अंकले घटेर १२ सय ४८ दशमलव ५३ विन्दुुमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव शून्य एक अंकले घटेर दुुई सय ६८ दशमलव ३२ विन्दुमा झरेको छ । 

एक सय ७२ कम्पनीहरुको आठ हजार छ सय ५५ वटा कारोबारमा १६ लाख ५४ हजार दुुई सय ५१ कित्ता सेयर खरिद विक्री भएको छ । उक्त परिमारणमा सेयर खरिद बिक्री हुुंदा कारोबार रकम ४६ करोड ३६ हजार पाँच सय ७१ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज ११ वटा समूहको कारोबार भएकोमा नौ वटा समूहको सूचक घटेर दुुई वटा समूहको सूचक बढेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक एक दशमलव नौ अंकले बढेर ११ सय २६ दशमलव ७६ विन्दुुमा चढ्दा जलविद्युुत् समूहको सूचक पनि एक दशमलव २७ अंकले बढेर ११ सय ८८ दशमलव ५५ विन्दुुमा चढेको छ । 

विकास बैंक समूहको सूचक भने आज तीन दशमलव ५२ अंकले घटेर १५ सय ९५ दशमलव ३३ विन्दुुमा झर्दा लघुुवित्त समूहको सूचक पनि पाँच दशमलव ५३ अंकले घटेर १४ सय २४ दशमलव २६ विन्दुुमा झरेको छ । निर्जीवन बीमा, जीवन बीमा, होटल, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि घटेका छन् ।  

आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको नाडेप लघुुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य चार रुपैयाँ ७३ पैसाले बढेर चार सय २१ रुपैयाँमा कारोबार भएको छ भने  बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको मल्टीपर्पोस फाइनान्सको प्रतिकित्ता सेयर मूल्य पाँच रुपैयाँ ६७ पैसाले घटेर एक सय ३३ रुपैयाँमा कारोबार भएको छ । 

यसैगरी, बढी रकम कारोबार भएको आधारमा भने नेपाल बैंक लिमिटेड पहिलो स्थानमा परेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै