काठमाडौं । विश्वकप क्रिकेट अन्तर्गत दोस्रो सेमिफाइनलमा अस्ट्रेलियाले खराब सुरुवात गरेको छ ।
टस जितेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले आफ्ना प्रमुख तीन ब्याट्सम्यान गुमाइसकेको छ ।
अस्ट्रेलियाका कप्तान एरोन फिन्च शुन्यमा, डेविड वार्नर ९ रनमा र पीटर ह्यान्ड्सकब ४ रन बनाएर आउट भएका छन् ।
इङल्याण्डका बलर क्रिस वोक्सले वार्नर र ह्यान्ड्सकबलाई आउट गरे भने जोफ्रा आर्चरले फिन्चलाई आउट गरेका छन् ।
अस्ट्रेलियाले पहिलो विकेट ४ रन बनाउदा गुमाएको थियो भने दोस्रो विकेट १० रनमा र तेस्रो विकेट १४ रनमा गुमाएको थियो ।
यो समाचार तयार गरुन्जेल अस्ट्रेलियाले ९ ओभरमा ३ विकेट गुमाएर २४ रन बनाएको छ ।