फिल्म ‘साइनो’ को अफिसियल ट्रेलर सार्वजनिक

खरीबोट

काठमाडौँ । नेपालकी प्रथम नायिका भुवन चन्द थापाले पहिलो पटक निर्माण गरेको फिल्म ‘साइनो’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।

बिहीबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमार्फत् फिल्मको मूल कथा प्रस्ट्याउन खोजिएको छ ।

फिल्म त्रिकोणात्मक प्रेमकथामा बनेको ट्रेलरबाट सजिलै अनुमान गर्न सकिन्छ । 

फिल्ममा नव-अभिनेता राजकुमार र अभिनेत्री नीता ढुंगानाको पनि प्रमुख भूमिका छ । मिरुना र नीतासँग राजकुमारको प्रेम र रोमान्सलाई ट्रेलरमा विशेष स्थान दिइएको छ ।

रमेश थापाको निर्देशनमा बनेको यो फिल्म ‘साइनो’ आउँदो साउन २४ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ ।

अभिमन्यू निरवी ले फिल्मको कथा तयार पारेका हुन् । निर्देशक थापाले ‘साइनो’ मा लभस्टोरीसँगै देशमा प्रमुख समस्याको रुपमा रहेका विषयलाई उठाइएको बताए । अभिनेत्री मिरुनाले फिल्मबाट आफू निकै आशावादी रहेको बताइन् । उनी अभिनीत पछिल्लो फिल्म 'रोज' हो । 

फिल्ममा भुवन चन्द, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, बसुन्धरा भुषाल, रोयदीप श्रेष्ठ, धमेन्द्र आचार्य, विशाल पहाडी, वसुकला मैनालीलगायतका कलाकारहरुको पनि अभिनय छ ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्म ‘साइनो’ रामेश्वर कार्कीले खिचेका हुन् । बनिश शाहको काँधमा सम्पादनको जिम्मेवारी छ । फिल्ममा रोशन विक्रम भट्टराईको द्वन्द्व रहेको छ ।

 ट्रेलर :

सम्बन्धित समाचार

चलचित्र विकास बोर्डले भन्यो - अभिनेता खनालको फोटो नियोजित रुपमा खिचियो 

काठमाडौं । राष्ट्रपति भवन शितल निवासमा शुक्रबार राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान वितरण कार्यक्रमको फोटो विवादबारे चलचित्र विकास बोर्डले एक विज्ञप्ति निकाल्दै खण्डन गरेको छ । अभिनेता सरोज खनालले

विवादरहित बनेन राष्ट्रिय चलचित्र पुरस्कार 

काठमाडौँ । गत शुक्रबार सरकारले तीन बर्षदेखि (०७३, ०७४ र ०७५) देखिको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ अवार्ड तथा सम्मान एकसाथ प्रदान गरिएको छ ।     विगत तीन

तीन वर्षको राष्ट्रिय चलचित्र पुरस्कार वितरण, कसले कुन अवार्ड जिते ?

काठमाडौँ । राष्ट्रपतिबाट प्रदान गरिने ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ शुक्रबार साँझ राष्ट्रपति निवासमा एक भव्य कार्यक्रमका बीच गएको तीन वर्ष (०७३, ०७४ र ०७५) देखिको अवार्ड तथा

शिल्पा र छविबीच सहमति

काठमाडौँ । अभिनेत्री शिल्पा पोखरेल र फिल्म निर्माता छविराज ओझाबीच सहमति भएको छ । गएको चार दिन अगाडि अभिनेत्री शिल्पाले श्रीमान् ओझाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौं, टेकुमा आफ्नो शान्ति सुरक्षाको माग


z