• २०८१ बैशाख ८ शनिबार

फिल्म ‘साइनो’ को अफिसियल ट्रेलर सार्वजनिक

kharibot

काठमाडौँ । नेपालकी प्रथम नायिका भुवन चन्द थापाले पहिलो पटक निर्माण गरेको फिल्म ‘साइनो’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।

बिहीबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमार्फत् फिल्मको मूल कथा प्रस्ट्याउन खोजिएको छ ।

फिल्म त्रिकोणात्मक प्रेमकथामा बनेको ट्रेलरबाट सजिलै अनुमान गर्न सकिन्छ । 

फिल्ममा नव-अभिनेता राजकुमार र अभिनेत्री नीता ढुंगानाको पनि प्रमुख भूमिका छ । मिरुना र नीतासँग राजकुमारको प्रेम र रोमान्सलाई ट्रेलरमा विशेष स्थान दिइएको छ ।

रमेश थापाको निर्देशनमा बनेको यो फिल्म ‘साइनो’ आउँदो साउन २४ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ ।

अभिमन्यू निरवी ले फिल्मको कथा तयार पारेका हुन् । निर्देशक थापाले ‘साइनो’ मा लभस्टोरीसँगै देशमा प्रमुख समस्याको रुपमा रहेका विषयलाई उठाइएको बताए । अभिनेत्री मिरुनाले फिल्मबाट आफू निकै आशावादी रहेको बताइन् । उनी अभिनीत पछिल्लो फिल्म 'रोज' हो । 

फिल्ममा भुवन चन्द, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, बसुन्धरा भुषाल, रोयदीप श्रेष्ठ, धमेन्द्र आचार्य, विशाल पहाडी, वसुकला मैनालीलगायतका कलाकारहरुको पनि अभिनय छ ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्म ‘साइनो’ रामेश्वर कार्कीले खिचेका हुन् । बनिश शाहको काँधमा सम्पादनको जिम्मेवारी छ । फिल्ममा रोशन विक्रम भट्टराईको द्वन्द्व रहेको छ ।

 ट्रेलर :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै