• २०८१ बैशाख ७ शुक्रबार

सरकारका प्रवक्ताको काँग्रेसलाई प्रश्न : दिनभरी विपी र रातिमा विप्लव हो ?

kharibot

काठमाडौँ । सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई दिनभरी विपी र रातिमा विप्लव हो भन्दै प्रश्न गरेका छन् ।

सरकारको मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा बोल्दै विप्लवको हिंसाबारे टिप्पणी गर्दै काँग्रेस विप्लवको हिंसा बारे प्रष्ट हुन आग्रह गरेका छन् ।

काँग्रेसले पटक पटक गरेको टिप्पणी अस्पष्ट रहेको भन्दै नेकपाको सरकार बनेकोमा काँग्रेस छटपटीएको आरोप समेत लगाए ।

काँग्रेसको झन्डामा रहेको ताराको अर्थ लोकतन्त्र काँग्रेसमा हरायो भन्दै मन्त्री बास्कोटाले काँग्रेसको स्पष्ट धारणा माग गरेका हुन् ।

मन्त्री बास्कोटाले विषादी परीक्षणको विषय कुनै देश प्रति लक्षित नरहेको भन्दै यो नेपाल-र भारतको मात्र विषय नभएको बताए । विश्व व्यापार संगठनका सदस्य हुने देशले यो गर्नै पर्ने विषय भएको स्पष्ट गरेका छन् । उनले नेपालको तर्फबाट अझै आवश्यक तयारी नभएको मात्र रहेको बताए ।

भारतीय राजदुतावासको पत्र बारे मन्त्री बास्कोटाले 'कम्युनिकेसन ग्याप' भएको हुनसक्ने स्पष्ट गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै