• २०८१ बैशाख ४ मंगलबार

नक्कली डिएसपि बनेर ठगी गरेको अभियोगमा पक्राउ

kharibot

काठमाडौं । नेपाल प्रहरीको डिएसपि हुँ भनी ठगी गर्दै हिँड्ने कार्यमा संलग्न रहेको अभियोगमा धादिङ धुनिबेसी नगरपालिका २ घर भएका ३८ वर्षीय राजेन्द्रप्रसाद लुईटेललाई काठमाडौं नागार्जुन नगरपालिका ७ सितापाईलाबाट बुधबार प्रहरीले पक्राउ गरेको छ । 

लुईटेलले काठमाडौं चन्द्रागिरी बस्ने व्यक्तिलाई म नेपाल प्रहरीको सिआइबिमा कार्यरत डिएसपि हुँ मेरो सेक्युरिटी कम्पनी रहेको र सो कम्पनीमा पाँच प्रतिशत सेयर हाल्न नगद एक लाख ६० हजार रुपैयाँ पर्छ भनि पटक पटक भेट तथा फोन समेत गरी नगद १० हजार रुपैयाँ लिई सकेको र अन्य रकम माग गर्दै गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनको साथबाट रेडियो सेट १ थान, सो को चार्जर एक थान र नगद १० हजार रुपैयाँ प्रहरीले बरामद गरेको छ । पक्राउ परेका लुईटेल उपर ठगी मुद्दामा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै