मोबाइल चार्ज गर्दा मृत्यु

खरीबोट

भद्रपुर । झापाको गौरादह नगरपालिका–८ दामाबारीमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर ६ वर्षीय बालकको आज मृत्यु भएको छ ।

मोरङको रतुवामाई नगरपालिका घर भई हाल झापाको गौरादह–८ दामाबारी चोकस्थित मामाघर बस्दै आएका रोशन महतोको चिसो हातले चार्जमा राखेको मोबाइल छुँदा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

रतुवामाई–१ का गोल्छा महतोका छोरा रोशन स्थानीय ज्ञानोदय माविमा कक्षा एलकेजीमा अध्ययनरत थिए । बालकको शवपरीक्षणका लागि दमक अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय झापाको प्रवक्त मेहन्द्रकुमार श्रेष्ठले बताए ।
 

सम्बन्धित समाचार

बाढी पहिरोबाट हालसम्म ६९ जनाको मृत्यु, अझै ३१ बेपत्ता (अपडेट)

काठमाडौँ । यही असार २६ गतेदेखि देशका विभिन्न स्थानहरुमा भएको अविरल वर्षा र त्यसबाट सिर्जित विपद्का कारण मुलुकभर हालसम्म ६९ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयले विज्ञप्तिमार्फत विपद्का कारण ३१

चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट ११ को मृत्यु

चितवन । चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट ११ जनाले ज्यान गुमाएका छन् । चितवन राष्ट्रिय निकुञ्जले आज यहाँ आयोजना गरेको छलफल कार्यक्रममा निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले ११ जनाले वन्यजन्तुको

खोलाले बगाएर झापामा एक बालकको मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका–१३ स्थित फुलबासा खोलाले बगाउँदा आज एक बालकको मृत्यु भएको छ । मेचीनगर–१३ का गङ्गाराम प्रसाईंको अढाई वर्षीय छोरा अजित प्रसाईंको खोलाले बगाएर मृत्यु भएको हो । आज

उत्तरी अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट, दुई बालबालिकाको मृत्यु

अफगानिस्तान । उत्तरी अफगानिस्तानको बाल्ख प्रान्तमा बारुदी सुरुङ बिस्फोट हुँदा दुई बालबालिकाको ज्यान गएको सैनिक स्रोतले जनाएको छ । सेनाका प्रवक्ता हनिफ रेजाईले चहर बोलाक जिल्लाको खानाबादमा बेबारिसे बारुदी सुरुङ छुनेक्रममा


z