आफ्ना मन्त्रीलाई सम्हाल्न प्रधानमन्त्रीलाई काँग्रेस प्रवक्ताको चेतावनी

खरीबोट

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्ना मन्त्रीलाई सम्हाल्न चेतावनी दिएका छन् ।     

सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई दिनभरी विपी र रातिमा विप्लव हो भन्दै प्रश्न गरे पछि काँग्रेस प्रवक्ताले यस्तो चुनौती दिएका हुन् ।

सामाजिक संजाल ट्वीटरबाट प्रवक्ता शर्माले प्रधानमन्त्री नै संसदमा असंसदीय शब्द बोल्नुहुन्छ भने फोटोकपी मन्त्रीसँग संस्कारको अपेक्षा कसरी गर्ने भन्दै अराजनीतिक बोलीको जवाफ दिदै हिड्न उचित नहुने बताएका छन् ।    

उनले भनेका छन्, 'प्रधानमन्त्रीनै जब असंसदीय शब्द बोल्नुहुन्छ संसदमा तब कुनै `फोटोकपी´ मन्त्रीसंग संस्कारको अपेक्षा कसरी गर्नु ? अराजनीतिक बोलिको जवाफ दिंदै हिंड्नु उचित हुन्न l भनाइ छ हलेदो भनेर चिनिसकेपछी धेरै कोट्याउनु हुन्न !
@PM_Nepal `लगाम´ उपहार पठाउं कि सम्हाल्नु हुन्छ आफ्ना मन्त्री ?'   

यस अघि आजै सरकारका प्रवक्ता तथा सूचना तथा प्रविधि मन्त्री बास्कोटाले सरकारको मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा बोल्दै विप्लवको हिंसाबारे टिप्पणी गर्दै काँग्रेस विप्लवको हिंसा बारे प्रष्ट हुन आग्रह गरेका थिए । उनले काँग्रेसले विप्लव समुहलाई काखी च्यापेको आरोप लगाएका थिए ।    

साथै उनले काँग्रेसले पटक पटक गरेको टिप्पणी अस्पष्ट रहेको भन्दै नेकपाको सरकार बनेकोमा काँग्रेस छटपटीएको आरोप समेत लगाएका थिए ।

सम्बन्धित समाचार

संसद स्थगित भएकोमा काँग्रेसद्वारा खेद व्यक्त

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आजको संसद बैठक स्थगित भएकोमा खेद प्रकट गरेको छ । सोमबार एक बजेका लागि बोलाइएको बैठक बाढी पहिरो प्रकोपमा सांसदहरि राहतमा जुट्न जानुपर्ने भन्दै

संसदमा काँग्रेस र राजपाको स्थगन प्रस्ताव : बाढी-पहिरो बारे छलफल गर्न प्रस्ताव  

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रतिनिधिसभामा ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ दर्ता गरेका छन् । काँग्रेसका मिनेन्द्र रिजाल र पुष्पा भुसाल तथा राजपाका राजकिशोर यादवले

काँग्रेसको नियमावली पारित

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीको नियमावली, २०७६ पारित गरेको छ । आइतबारको बैठकले पार्टीको संशोधित नियमावलीको मस्यौदाउपर प्राप्त सुझावलाई मस्यौदा समितिले सहमतिमा परिमार्जन गर्ने गरी सर्वसम्मतिले पारित गरेको

पार्टीको महाधिवेशन छिटो हुनुपर्छ – प्रकाशमान सिंह 

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको सङ्गठनलाई मजबुद बनाउन पार्टीको १४औँ महाधिवेशन चाँडो हुनुपर्ने बताएका छन् । आज आफ्नै निवासमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले संविधानको नेतृत्व गर्ने


z