• २०८१ बैशाख ७ शुक्रबार

प्रधानमन्त्रीलाई बिछ्याइएको कार्पेट होइन प्लाइउड हो – त्रिवि 

kharibot

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले बुधबार सम्पन्न ६०औँ वार्षिक दिवसका अवसरमा कीर्तिपुरस्थित विश्वविद्यालयको नवनिर्मित उपकुलपति कार्यालय भवन र सरस्वती मन्दिरको उद्घाटनका क्रममा हिलोमाथि रातो कार्पेट नभई प्लाइउड बिछ्याइएको स्पष्ट पारेको छ ।

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीबाट उद्घाटित सो भवनमा ‘हिलोमाथि रातो कार्पेट’ भनी समाचार सम्प्रेषण गरिएकामा विश्वविद्यालयले आज एक प्रेस विज्ञप्ति जारी गरी दुःख व्यक्त गरेको छ ।

“प्लाइउडलाई रातो कार्पेट मानी प्रकाशित समाचारले विश्वविद्यालयको गरिमालाई धमिल्याउने नियत भएको कार्यप्रति दुःख प्रकट गर्दै यस्ता हुँदै नभएका विषयलाई लिएर अतिरञ्जित गर्ने कुनै पनि कार्य नगर्न विश्वविद्यालय आग्रह गर्दछ ।”
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै