प्रधानमन्त्रीलाई बिछ्याइएको कार्पेट होइन प्लाइउड हो – त्रिवि 

खरीबोट

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले बुधबार सम्पन्न ६०औँ वार्षिक दिवसका अवसरमा कीर्तिपुरस्थित विश्वविद्यालयको नवनिर्मित उपकुलपति कार्यालय भवन र सरस्वती मन्दिरको उद्घाटनका क्रममा हिलोमाथि रातो कार्पेट नभई प्लाइउड बिछ्याइएको स्पष्ट पारेको छ ।

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीबाट उद्घाटित सो भवनमा ‘हिलोमाथि रातो कार्पेट’ भनी समाचार सम्प्रेषण गरिएकामा विश्वविद्यालयले आज एक प्रेस विज्ञप्ति जारी गरी दुःख व्यक्त गरेको छ ।

“प्लाइउडलाई रातो कार्पेट मानी प्रकाशित समाचारले विश्वविद्यालयको गरिमालाई धमिल्याउने नियत भएको कार्यप्रति दुःख प्रकट गर्दै यस्ता हुँदै नभएका विषयलाई लिएर अतिरञ्जित गर्ने कुनै पनि कार्य नगर्न विश्वविद्यालय आग्रह गर्दछ ।”
 

सम्बन्धित समाचार

रामपुरमा त्रिविको इञ्जिनीयरिङ पढाइ शुरु

चितवन । त्रिभूवन विश्वविद्यालयअन्तर्गत चितवन इञ्जिनीयरिङ क्याम्पस रामपुरमा पठनपाठन शुरु भएको छ। पहिलो वर्ष स्नातक तहमा आर्किटेक्चर कार्यक्रमको पढाइ शुरु भएको हो। क्याम्पस प्रमुख सुदीप शर्मा पौडेलका अनुसार २४ विद्यार्थीलाई आइतबारबाट

त्रिविको ४५ औँ दीक्षान्तमा १० हजार विद्यार्थीको आवेदन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा सहभागी हुनका लागि अनलाइन फाराम आह्वान गरेपछि दीक्षित हुने विद्यार्थीको सङ्ख्या बढेको पाइएको छ। त्रिविले गत वर्षदेखि अनलाइन फारामको व्यवस्था गरेदेखि दीक्षित हुने विद्यार्थीको सङ्ख्यामा

त्रिविका नवनियुक्त उपकुलपति डा बाँस्कोटाको बहाली

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा धर्मकान्त बाँस्कोटाले व्यवस्थापनमा पारदर्शिता र निष्पक्षता अपनाउँदै शैक्षिक गुणस्तर मापनका लागि स्पष्ट मादपण्ड तर्जुमा गर्ने सङ्कल्प गरेका छन् । आर्थिक अनियमितता, दलीय राजनीतीकरण

त्रिवि जनप्रशासन विभागमा तालाबन्दी

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले अनुचित ढङ्गले जनप्रशासन केन्द्रीय विभागको विभागीय प्रमुख नियुक्त गरेको आरोप लगाउँदै त्यसको विरोधमा स्वतन्त्र विद्यार्थी युनियन र नेपाल विद्यार्थी सङ्घले विभागमा तालाबन्दी गरेको छ । विगतमा


z