इङल्याण्डको उत्कृष्ट बलिङपछि अस्ट्रेलिया २२३ रनमा समेटियो  

खरीबोट

काठमाडौँ । विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा अस्ट्रेलियाले इङल्याण्डलाई २२४ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियालाई इङल्याण्डले उत्कृष्ट बलिङ गर्दै ४९ ओभरमा अल आउट हुदै २२३ रनमा समेटेको हो ।

अस्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक ८५ रन बनाएका थिए । स्मिथले ११९ बल खेल्दै ८५ रन बनाएर अस्ट्रेलियाको पारी सम्हालेका थिए । केबल १४ रनमा सुरुका तीन खेलाडी गुमाएको अस्ट्रेलियाका लागि स्मिथले एलेक्स केरीसँग मिलेर चौथो विकेटका लागि १०३ रनको साझेदारी गरेका थिए ।

केरी ४६ रन बनाएर आउट भएका थिए । त्यस्तै मिचेल स्टार्कले २९ रन बनाए भने ग्लेन म्याक्सवेलले २२ रन बनाएर आउट भए । त्यस्तै डेविड वार्नर ९, कप्तान एरोन फिन्च ०, पिटर ह्यान्ड्सकब ४, मार्कोस स्टोइनिस ०, पाट कमिन्स ६ रन बनाएर आउट भएका थिए ।

इङल्याण्डका बलर क्रिस वोक्स र एदिल राशिदले सर्वाधिक ३-३ विकेट लिएका थिए । त्यस्तै जोफ्रा आर्चरले २ विकेट लिएका थिए । त्यस्तै मार्क वुडले एक विकेट लिएका थिए ।  

यस खेलको विजेताले फाइनलमा न्युजील्याण्डसँग खेल्ने छ ।
                                 
               
 

सम्बन्धित समाचार

विराटलाई हटाएर रोहितलाई नयाँ कप्तान बनाउने तयारी !

काठमाडौं । विश्वकप क्रिकेटको सेमिफाइनलमा न्युजील्याण्डसँग हार बेहोरेको भारतीय टिमका कप्तना विराट कोहली कप्तानी खतरामा परेको छ । विश्वकपमा विराटको कप्तानीको आलोचना भैरहेका भारतीय क्रिकेट बोर्डका एक अधिकारीलाई उदृत गर्दै विराट

इङल्याण्ड क्रिकेट बोर्डले भन्यो – हामी विश्व विजेता हौँ, अब विवादको अर्थ छैन

काठमाडौँ । विश्वकप क्रिकेट इङल्याण्डले जसरी जित्यो अहिले यसमा अनेकौ टिप्पणी भइरहेका छन् । अन्तिम ओभरमा भएको नाटकीय खेलको बहस अहिले अम्पायरले गल्ति गरेको चर्चा समेत भैरहेको छ । अन्तिम ओभरको

क्रिकेट विश्वकपको टिम घोषणा, को को परे ?  

काठमाडौँ । विश्वकप क्रिकेट सकिएपछि आइसीसीले विश्वकप क्रिकेटको टिमका १२ खेलाडीको नाम सार्वजनिक गरेको छ । यस सुचिमा विश्वकप विजेता टिम इङल्याण्डका चार खेअलादी परेका छन् भने उपविजेता न्युजील्याण्डका तीन खेलाडी

एम्पायरले गलत निर्णय दिए, ६ होइन ५ रन दिनुपर्थ्यो – पुर्व एम्पाएर टफेल

काठमाडौँ । विश्वकप क्रिकेटको फाइनल बारे अनेकौ चर्चा भइरहेका छन् । यस फाइनललाई क्रिकेट खेलकै इतिहासमा अहिलेसम्मको रोमान्चक भनिएको छ । तर आइसीसीका उत्कृष्ट एम्पायर मध्ये एक मानिएका पुर्व एम्पाएर साइमन


z