• २०८१ बैशाख ८ शनिबार

जोफ्राको बाउन्सर केरीको मुखमा लागेपछि...(भिडियो सहित)

kharibot

काठमाडौं । विश्वकप क्रिकेट अन्तर्गत अस्ट्रेलिया र इङल्याण्डबीचको दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया २२३ रनमा अल आउट भएको छ ।

इङल्याण्डले यस खेलमा उत्कृष्ट बलिङ गर्दै अस्ट्रेलियालाई २२३ रनमा रोक्न सफल भएको छ । यस खेलमा इङल्याण्डका बलर जोफ्रा आर्चरको घातक बलिङले अस्ट्रेलियाका विकेट किपर ब्याट्सम्यान एलेक्स केरी घाइते भएका छन् ।

जोफ्राको बलले केरीको मुखमा लागेपछि रगत बग्दा केहीबेर खेल रोकिएको थियो । आठौ ओभरको अन्तिम बल १३८ किमी प्रतिघण्टाको गतिमा जोफ्राले फाल्दा केरीको मुख अगाडी लाग्न पुगेको थियो । बल लागेपछि केरीको हेल्मेट बाहिर निस्किएको थियो भने अनुहारबाट रगत बग्न सुरु भएको थियो । त्यसपछि तुरुन्तै केरीले ब्यान्डेज लगाएर फेरी खेलेका थिए ।

केरीले यस खेलमा चौथो विकेटका लागि १०३ रनको साझेदारी गर्दै अस्ट्रेलियाको पारी सम्हालेका थिए । केरी ४६ रन बनाएर आउट भएका थिए ।

भिडियो :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै